लोकतन्त्रका लागि बेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्राम भए ।

 


काठमाडौं, वैशाख २६ गते ।

लोकतन्त्र शासन गर्ने सार्वभौम मोडल हो । त्यसैले तानाशाहरुले पनि लोकतन्त्रको पक्षमा मत राख्छन् । अभ्यास निरंकश गर्नेहरु पनि लोकतन्त्रकै पक्षमा कुरा गर्छन् । मान्छेको विकासक्रमसँगै राज्य र सरकारको विकास भयो । त्यसलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने भन्ने सवालमा राज्य र सरकारका विभिन्न परिभाषाहरु विकसित भए । आजका दिनसम्म आउँदा लोकतन्त्रनै बलशाली भएको छ । किनकि लोकतन्त्र भनेको लोक अर्थात् जनताको सार्वभौमिकतासँग जोडिएको हुन्छ । लोकतन्त्रका लागि बेलायतमा बेलायतको गौरवमय क्रान्ति भयो । फ्रान्समा फ्रान्सेली राज्य क्रान्ति भयो । अमेरिकामा अमेरिकी स्वतन्त्रता संग्राम भयो । यी तीन क्रान्तिले लोकतन्त्रलाई दोस्रो पुस्तामा स्तरोन्नती गर्न सफल भयो । बेलायतमा संसदीय शासन प्रणालीको विकास भयो । अमेरिकामा राष्ट्रपतीय शासन प्रणालीको विकास भयो । फ्रान्समा संसदीय र राष्ट्रपतीय प्रणालीको मिश्रण भएको मिश्रित प्रकृतिको शासन प्रणालीको विकास भयो ।

यी तीनैवटा शासन प्रणाली प्रतिनिधिमूलक लोकतन्त्र प्रकृतिका थिए । अद्यापि अभ्यासमा रहेका छन् । सोही बमोजिमको निर्वाचन प्रणालीको पनि विकास भयो । मताधिकार र मावअधिकारको विषय आयो । जनताले आवधिक निर्वाचन मार्फत् प्रतिनिधिलाई सार्वभौमिकताको आंशिक हस्तान्तरण गर्न थाले । जो प्रत्यक्ष लोकतन्त्र होइन । प्रतिनिधिमूलक लोकतन्त्र हो । तत्कालीन समयमा लोकतन्त्रको प्रणालीमा क्रान्तिकारी विकास भएको मानियो । तर, प्रतिनिधमूलक लोकतन्त्रमा जनप्रतिनिधिहरु नै भ्रष्ट, अराजक र तानाशाही बन्न थाले । त्यसले जनताको सार्वभौमिकताको असली अर्थमा सम्मान र कार्यान्वयन गर्न सकेन । प्रतिनिधिमूलक लोकतन्त्र परम्परागत लोकतन्त्र र कुलीनतन्त्रको वरीपरी सीमित भयो । जनताको सार्वभौकिताको संकुचन गरियो । राज्य शक्ति सम्भ्रान्त वर्गको हातमा पुग्यो । जनता भोट हाल्नमा मात्रै सीमित भए । विश्वभर लोकतन्त्रको दोस्रो पुस्ताको रुपमा रहेको प्रतिनिधिमूलक लोकतन्त्रको देश र कालका आधारमा परिमार्जन र रुपमान्तरणको प्रक्रिया अद्यापि कायम छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *