परिश्रम गरेर कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मुल्यवान् हुन्छ भन्ने बताई दिनुहोस् ।

 


काठमाडौं, वैशाख २५ गते ।

(अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई लेखेको चिठ्ठी)

श्रीमान प्रधानाध्यापक,

मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सञ्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि उसलाई परिश्रम गरेर कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मुल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो राम्ररी बुझोस् । त्यस्तै ईष्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसले आकाशमा उडिरहेको चराहरु, घमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो छोरो जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्नेहोस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झर्नु लाजमर्दो कुरा होइन भनिदिनुहोस् । उसले आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जीउज्यानले लागिपरोस् । ऊ भित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्न सहास र दृढशक्तिको विकास गरिदिनुस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकोमा टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस् आगोको लप्काबाटै फलाम खारिन्छ । ऊ भित्र सहास र सधैँ केही गरौँ भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भीक, सहासी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ ।
धन्यवाद !

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *