संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन सवार हुने गाडीलाई अत्याधुनिक हतियारले पनि नष्ट गर्न सक्दैन ।

 

काठमाडौं, वैशाख २४ गते ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन सवार हुने गाडीलाई अत्याधुनिक हतियारले पनि नष्ट गर्न सक्दैन । यस प्रकारको गाडी अरुले चढ्न पाउँदैनन् । त्यो गाडीका कतिपय विशेषताहरु गोप्य छन् । जति थाहा छन् असामान्य प्रकृतिका छन् । उक्त गाडीको ब्रान्ड ‘क्याडिलाक वान’ हो । यसलाई ‘द बिस्ट’ नामले पनि चिनिन्छ । सर्वसाधारणले यो गाडी किन्न पाउँदैनन् । यसको मूल्य १.५ मिलियन डलर पर्छ । यो गाडी अमेरिकी प्रतिष्ठित कम्पनी जनरल मोटर्सले उत्पादन गरेको हो । सुरक्षा खतरा उच्च हुँदा यस मोडेलका दुई भन्दा बढी गाडीहरु गुडाइन्छन् । कुनै एकमा बाइडेन सवार हुन्छन् । आक्रमणकारीलाई राष्ट्रपति बाइडेन कुन गाडीमा छन् भन्ने थाहा हुँदैन । यो संसारकै सबैभन्दा बढी सुरक्षित गाडी हो ।

यसको ढोका स्टिल, आल्मुनियम, टाइटानियम र सेरामिकको मिश्रणबाट बनाइएको छ । यो गाडीलाई ठूला–ठूला बम आक्रमणले पनि क्षति गर्न सक्दैनन् । बायोलोजिकल र केमिलकल हमलाले पनि क्षति पु¥याउन सक्दैन । शक्तिशाली बुलेटले पनि यसको सिसालाई प्वाल पार्न सक्दैन । गाडीको तल्लो भागमा प्रयोग भएका धातुलाई ल्याण्डमाइनले पनि क्षति गर्न सक्दैन । इन्धन ट्यांकी पनि विष्फोट प्रतिरोधात्मक छ । यसलाई बम वा गोलीले क्षति गरिहालेमा पनि तुरुन्तै एक किसिमको रसायनले ठिक पार्छ । रासायनिक आक्रमणले श्वास फेर्न नसक्ने स्थितिमा प्रतिरोध गर्न अक्सिजनको सिलिण्डर जडान गरिएको छ । आगलागीबाट बच्न अग्नि नियन्त्रक उपकरणको जडान समेत गरिएको छ ।

गाडीको टायर केभ्लर फाइबरबाट बनाइएको छ । यो टायरलाई क्षति गरिएमा जडान गरिएको स्टिल रिमले गाडी गुड्छ । गाडीको अग्रभागमा नाइटभिजन क्यामरा जडान गरिएको छ । यो गाडी हावाविना नै गुड्छ । भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्ने बन्दुक पनि राखिएको छ । गोली हान्नको लागि सटगन समेत राखिएको छ । यो गाडी सेक्रेट सर्भिस एजेन्टको निगरानीमा हुन्छ । जनरल मोटर्स कम्पनीको इन्जिनियरको प्रत्यक्ष निगरानीमा सैनिक तालिम लिएको चालकले मात्रै यो गाडी चलाउन पाउँछ । यो गाडीमा सातजना मात्रै चढ्न सक्छन् । गाडीभित्र बुलेटप्रुफ सिसाले घेरिएको ठाउँमा राष्ट्रपति बाइडेन बस्छन् । उक्त गाडीमा स्याटेलाइट फोन जडान गरिएको छ । त्यसको सिधा सम्पर्क उपराष्ट्रपतिको कार्यालय र पेन्टागनमा हुन्छ । यसलाई विशेष हवाई जहाजले निगरानी गरिरहन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *