कोरोना संक्रमणबाट पछिल्लो चौबिस घण्टामा ५४ जनाको मृत्यु, ९ हजार ७० जना संक्रमित ।

 


काठमाडौं, वैशाख २३ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ५४ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५२९ जना पुगेको छ । पीसीआर विधिबाट २० हजार ३६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसैगरी एन्टिजेन विधिबाट ७७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

पछिल्लो चौबिस घण्टामा संक्रमित हुनेको संख्या ९ हजार ७० जना रहेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ जना पुगेको छ । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार ४९० जना पुगेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *