कोरोना भाइरस संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गरिने ।

 


काठमाडौं, वैशाख २३ गते ।

स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पतालहरुलाई कारबाही गर्ने जनाएको छ । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएर कोरोना संक्रमितहरुको उपचार गरेको समाचार प्रकाशित भएपछि मन्त्रालयले त्यस्ता अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय र स्थानीय प्रशासनमा परेका उजुरीका आधारमा कारबाही गरिनेछ । महामारीका कारण देशनै संकटमा परेको बेलामा निजी अस्पतालहरुले भने मनोमानी शुल्क लिएको भनी सर्वत्र विरोध भइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *