समाजमा विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, पृष्ठभूमिका भिन्नभिन्न व्यक्तिहरु रहन्छन् ।

 


काठमाडौं, फागुन ११ गते ।

समाजमा विभिन्न व्यक्ति तथा समूह हुन्छन् । एउटै समाजमा विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, पृष्ठभूमि बोकेका भिन्नभिन्न व्यक्तिहरु रहन्छन् । प्रत्येक व्यक्ति तथा समूहका रुचि, स्वभाव, भावना फरक हुन्छन्, जसले गर्दा एक–आपसमा टकराव हुन्छ, आपसमा वैमनस्य, मनमुटाव विवाद एवम् असहमति हुन्छ, यो सामाजिक द्वन्द्व हो ।

नेपालका सामाजिक द्वन्द्वका कारणहरु यस प्रकार रहेका छन् । १. एकले अर्कोलाई विश्वास नगर्नु, सम्मान नगर्नु । २. बेरोजगार हुनु, गरिबी बढ्नु । ३. समाजमा आर्थिक असमानता हुनु । ४. सामाजिक संस्कारको पालना नहुनु । ५. मादक पदार्थको सेवन गर्नु । ६. सामाजिक न्यायको अभाव हुनु । ७. शिक्षाको कमी, चेतनाको कमी । नेपालमा सामाजिक द्वन्द्वका सकारात्मक असरहरु यस प्रकार छन् । १. आर्थिक एवम् सामाजिक रुपान्तरणमा सहयोग ।

२. सामाजिक चेतना अभिवृद्धि । ३. सामाजिक न्यायको प्रवद्र्धन । ४. सामाजिक एकता एवम् सद्भावमा बढोत्तरी । नेपालमा सामाजिक द्वन्द्वका नकारात्मक असरहरु यस प्रकार छन् । १. समाजमा शान्ति सुव्यवस्थामा खलल । २. चोरी, हत्या, अपहरणका घटनमा वृद्धि । ३. सामाजिक मूल्य–मान्यतामा ह्रास । ४. सामाजिक कुसंस्कारको अवस्था सिर्जना ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *