काठमाडौँ, वैशाख २३ गते ।
खानेकुरा किन खाने ? यो प्रश्न गर्नु कि नगर्नु ? उत्तर सहजै आउने हुनाले व्यर्थैमा प्रश्न गरिएछ भन्ने हुन्छ । नगरौँ यो प्रश्नको सही जवाफ आउँदैन । खाना भोक लागेको बेला खाइन्छ । यसको अर्थ हुन्छ भोक मेटाउन खाना खाइन्छ । भोक लाग्यो भने खाना वा खाजा खानु प¥यो भनिन्छ । आज आम्दानी भयो वा स्पेशल दिन भएकाले स्पेशल खाना वा परिकार खानु प¥यो भनिन्छ । आम्दानीले भ्याए टन्न खाने, राम्रो खाने । आम्दानी कम भए कम खाने, सामान्य खाने । चाडपर्व आयो, विवाह ब्रतबन्ध भयो राम्रो खानेकुराको सन्दर्भ आउँछ ।
आज त मिठो खानेकुरा खाने हो । मरेर के लैजानु छ ? मिठै खाने हो । खानामा लोभ गर्नु हुँदैन । खानेकै ज्यान बन्छ । उफ्…! आज त खानेकुरा मिठो भएन । आहा…! आज त खानेकुरा क्या मिठो भयो । आज त रेष्टुरेन्ट जाने हो । आज तलब थापियो । मासुको साथी खाऔँ । आज त जाडो भयो । ज्यान तताउनु प¥यो । एक प्याक त लिनै प¥यो । दशैँमा त खसी ढाल्नुपर्छ । टन्न मासु र भात खानुपर्छ । त्यो त अति लोभी छ । खान पनि लोभ गर्छ ।
खाना किन खाने ? भन्ने प्रश्नको जवाफ यिनै पृष्ठभूमिको सेरोफेरोबाट आउँछ । अर्थात् गलत जवाफ आउँछ । यो प्रश्न अत्यन्तै महत्वपूर्ण र जटिल हो । खाना खाने विषय सभ्यतासँग जोडिएको हुन्छ । अर्थात खाना खान जान्नु ठूलो कुरा हो । खाना किन खाने ? खाना जीवनका लागि खाने हो । खानाको सम्बन्ध शरीर, मन, मस्तिष्क, स्वभाव, सभ्याता र स्तरसँग जोडिएको हुन्छ । खाना भनेको शरीरको लागि आवश्यक पर्ने तत्वको स्रोत हो । जस्तो खाना खायो व्यक्तिको जीवन त्यस्तै बन्छ । त्यसैले खाना खाने भनेको शारीरिक र मानसिक समृद्धिको क्रियाकलाप हो । त्यसैले खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।