अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले देश, काल, गति, पदार्थ, प्रकाश र गुरुत्वाकर्षणसम्बन्धी दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन ।

 


काठमाडौं, वैशाख २३ गते ।

सन् १८७९ मा जर्मनीमा जन्मिएका विश्वविख्यात भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेका हुन् । उनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्तले देश, काल, गति, पदार्थ, प्रकाश र गुरुत्वाकर्षणसम्बन्धी दृष्टिकोणमा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भए । उनले सन् १९०५ मा प्रकाशको कण, प्रकाशको क्वान्टम र प्रोटोनसम्बन्धी नयाँ दृष्टिकोण प्रस्तुत गर्न सफल भए । सापेक्षतावादसम्बन्धी सिद्धान्तका प्रतिपादक यी महान् व्यक्तित्वले आफ्नो जीवनमा अकल्पनीय समस्याको सामना पनि गर्न बाध्य भए । जर्मनीको तत्कालीन फाँसीवादी राज्यसत्ताले उनलाई सहन गर्न सकेन र उनीमाथि फाँसवादी आतंक मच्चायो । अन्ततः उनी जर्मनी छाडेर अमेरिकामा बस्न बाध्य भए ।

उनले २०औँ शताब्दीको चौथो र पाँचौँ दशकमा एकीकृत क्षेत्रसम्बन्धी अर्को सिद्धान्तको पनि प्रतिपादन गर्न सफल भए । भौतिकशास्त्रका ज्ञाता यिनले ईश्वरको अस्तित्वलाई अस्वीकार गरे । अन्ततः जुनसुकै अभौतिक चीजको अस्तित्वलाई पनि अस्वीकार गरे । प्रत्येक प्राकृतिक क्रियाकलाप ज्ञात हुने भएकाले त्यसलाई जान्न सकिने दृष्टिकोण प्रस्तुत गरे । यी महान् व्यक्तित्वले सामाजिक भेदभाव, जातीय उत्पीडन, सैन्यवाद र प्रतिक्रियावादको खुलेर विरोध गरे । परमाणु बमका आविष्कारक आइन्स्टाइनले त्यसको प्रयोग सैनिकमार्फत् मानिसका विरुद्धमा हुने कुराको विरोध गरे । उनी त्यसलाई मानव हितमा प्रयोग गर्न चाहन्थे । यिनको मृत्यु सन् १९५५ मा भयो । यिनी भौतिकशास्त्रका कालजयी विश्वविख्यात वैज्ञानिकका रूपमा युगौँयुग रहनेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *