काठमाडौं, वैशाख २० गते ।
जेनीले त्यहाँ एक पुरानो साथी जीगोरलाई पनि देखिन् । जीगोरले जेनीलाई तल हेर्न इशारा गरे । जेनीले झ्याल नजिक गएर हेर्दा कार्ल माक्र्सलाई सैनिकहरूले कडा सुरक्षा दिएर अन्त लगेको देखिन् । केही बेरको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त ग¥यो । माक्र्सको महान् कार्यमा आर्थिक विपन्नता र पारिवारिक बिछोडका पीडाहरू सधैँ नै अवरोधको रूपमा अगाडि आउँथे । तर जेनीले ती पीडा, वेदना र आर्थिक समस्याहरूलाई माक्र्सको मार्गको बाधक बन्न कदाचित दिइनन् । आफ्ना सन्तानहरू बिरामी भएको अवस्थामा उपचार गराउन पैसा नहुँदा होस् अथवा रोग र कुपोषणले सन्तानको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने पैसा नहुँदा पनि जेनी कहिल्यै गुनासो गर्दैनथिन ।
जेनीले माक्र्सलाई आफ्नो कार्यमा निरन्तर लागिरहन हौसला र प्रेरणा दिन्थिन । जसको कारण माक्र्स संसार प्रसिद्ध व्यक्तित्व बन्न सके । सन् १८५० को अन्त्यतिर माक्र्स परिवारमा एक अर्को विपद् आइलाग्यो । यही वर्षको नोभेम्बरमा निमोनियाका कारण छोरो फाक्सको मृत्यु भयो । त्यसबेला उनीहरुले असह्य पीडाको सामना गरे । यो त सुरुवात मात्र थियो । अर्को वर्ष १८५३ को क्रिसमसमा अर्की बच्ची फ्रान्जिस्कालाई ब्रोन्काइटिस भयो । यही रोगको कारणले उनी पनि तीन दिनपछि नै सदाका लागि यो धर्तीबाट विदा भइन् । जेनीको व्यक्तिगत जीवन दुःख र वेदनाले मात्र भरिएको थिएन । यी अनेकौँ दुःख, कष्ट र वेदना सहनुपरे पनि उनीहरूको परिवार सुखी परिवार थियो ।
माक्र्सको कठिन र अशान्त जीवनमा उनी असल जीवनसाथी भइन् । तीक्ष्ण मस्तिष्क, राजनीतिक चेत, जोसिलो चरित्र लगायतका गुणको कारण एङ्गेल्सले उनलाई ‘उत्कृष्ट आत्मा भएकी नारी’ भनेका थिए । जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म बिरामी भएर ओछ्यानबाट उठ्नै नसक्ने भइन् । उता माक्र्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरहरूले उनको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्को कोठामा आफ्नी पत्नी मृत्युशैयामा सङ्घर्षरत रहँदा माक्र्स पनि रोगी थिए । सन् १८८१ को डिसेम्बर २ का दिन लन्डनमा जेनी स्वर्गवास भइन् । तर रोगले जीर्ण भएका माक्र्स आफ्नै प्यारी पत्नी जेनीको अन्त्येष्टिमा पनि सहभागी हुन सकेनन् ।