कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो ।

 


काठमाडौं, वैशाख २० गते ।

कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । स्वदेशमा रोजगारी नपाएपछि कोरोनाको संक्रमणको कहर र डरबीच पनिको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चैत्र महिनामा ७३ देशमा ३२ हजार १४२ जना रोजगारीका लागि विदेश गएका छन् । त्यसमा २ हजार १०७ जना महिला रहेका छन् । फागुन महिनामा भने श्रम स्वीकृति लिएर १९ हजार ८०८ जना विदेश गएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *