उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिनमै देशभर ४ हजार ९२८ जना नयाँ कारोना संक्रमित थपिए ।

 


काठमाडौं, वैशाख १६ गते ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ९२८ जना नयाँ कोरोना संक्रमित भएका छन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेको पहिलो दिनमै उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ परीक्षण गर्दा ४ हजार ८३१ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको छ । निको हुनेको संख्या भने २ लाख ८० हजार १६७ जना पुगेको छ । त्यसैगरी पछिल्लो चौबिस घण्टामा ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३ हजार २४६ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३४ हजार ११७ जना रहेको छ । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्रै १ हजार १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *