जर्ज बर्नाड साको ‘म्यान एण्ड सुपरम्यान’ नामक नाटक विश्व चर्चित छ ।

 


काठमाडौँ, माघ २८ गते ।

जर्ज बर्नाड सा एक विश्वविख्यात नाटककार हुन् । उनको जन्म सन् १८५६ मा आयरल्याण्डको डब्लिन भन्ने ठाउँमा भएको थियो । मृत्यु भने सन् १९५० मा इग्ल्याण्डमा भएको थियो । ९४ वर्षको उमेरमा उनको मृत्यु भयो । उनी बर्नाड साको नामले परिचित छन् । सन् १९२५ मा साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरे । ६० भन्दा बढी नाटक लेखेका छन् । म्यान एण्ड सुपरम्यान नामको उनको नाटक चर्चित छ । उनको युगमा उनले नाटकको क्षेत्रमा नेतृत्व नै गरेका थिए । जर्ज बर्नाड साले पोसाकलाई खाना खुवाएको विषय चर्चाको विषय हुने गरेको छ । किन उनले पोसाकलाई खाना खुवाए भन्ने कुरा कौतुहलताको विषय हो । यो कसैप्रतिको व्यंग्यपनि हो कि भन्ने पनि हुन सक्छ । कसैका लागि यो अपत्यारिलो हुन सक्छ । कसैका लागि भने हाँसीमजाको विषय पनि हुन सक्छ ।

नाटककारको रुपमा विश्वमा नाम कमाएका उनले किन आफ्नै सर्ट, पाइन्ट र कोटलाई खानेकुरा खुवाए त ? ठूला–ठूला दार्शनिकहरुले नयाँ र अनौठा काम चाहेर र योजनाबद्ध रुपमा गरेका हुन्छन् । इतिहासमा आफ्नो नाम दर्ज गर्नका लागि पनि गरेका हुन्छन् । बर्नाड साले आफैँले लगाएको पोसाकलाई खाना खुवाएको घटना उनको बारेमा जान्ने प्रायः सबैलाई थाहा हुन्छ । के त्यस्तो कारण प¥यो कि आफूले लगाएको पहिरनमा फोहोर हुनेगरी उनले त्यो काम गरे ? कहिलेकँही परिस्थितिले कीर्तिमानी र ऐतिहासिक काम गर्न बाध्य बनाउँछ । विशिष्ट परिस्थितिका कारण मान्छे त्यो काम गर्न बाध्य पनि हुन्छ । बर्नाड साले आफैँले लगाएको कपडामा खानेकुरा दल्नु सामान्य कुरा होइन । यो असामान्य कुरा नै हो । तर, परिस्थितिले त्यो काम गर्न बाध्य बनायो । त्यो काम गर्न उनी बाध्य भए र गरे पनि । त्यो काम आज दुनियाँका लागि सन्देश दिने महत्वपूर्ण घटना बन्न गयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *