पछिडिएको, अल्पविकसित र परम्परावादी सामाजिक तथा सांस्कृतिक स्थितिलाई सभ्य र विकसित बनाउनु पर्नेछ ।

 


काठमाडौं, वैशाख १६ गते ।

नेपालको राजनीतिलाई परम्रागत र वैकल्पिक भनेर विश्लेषण गरेको पाइन्छ । परम्परागत राजनीतिको कित्तामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी लगायतलाई राख्ने गरिएको छ । वैकल्पिक राजनीतिको कित्तामा जनता समाजवादी पार्टी लगायतका पार्टीहरुलाई लिने गरिएको छ । अर्थात् उनीहरुले आफूलाई वैकल्पिक भन्ने गरेका छन् । नेपाली कांग्रेसले खुला समाजमा लोकतन्त्रको कुरा गर्नुमा आफूलाई सीमित गरेको पाइन्छ । नेपाल कम्युनिष्ट पार्टी साम्यवादको आवरणमा वर्गीय मुद्दामा सीमित भएको देखिन्छ । नेपालको आजको वस्तुगत परिस्थितिमा यी विषयमा मात्रै राजनीति सीमित हुनु अपर्याप्त भएको विश्लेषण वैकल्पिक राजनीति गर्ने भन्नेहरुले आरोप लगाउने गरेका छन् ।

लोकतन्त्र र बर्गीय मुद्दाका अतिरिक्त थुप्रै विषय र मुद्दालाई नेपालको राजनीतिले समेट्नु पर्ने उनीहरुको विश्लेषण छ । परम्परागत राजनीतिले नसमेटेका थुप्रै विषयहरुमध्ये एउटा मुद्दा भनेको सामाजिक तथा सांस्कृतिक रुपान्तरणको विषय हो । वैकल्पिक राजनीतिले यो मुद्दालाई कसरी उठाउँछ भन्ने कौतुहलता सचेत मान्छेहरुमा रहेको छ । नेपाली समाज निरन्तर आधुनिक हुँदैछ । त्यत्तिकै रुढीवादी, भाग्यवादी र अन्धविश्वासी पनि छ । पछिडिएको, अल्पविकसित र परम्परावादी चिन्तनयुक्त सामाजिक तथा सांस्कृतिक स्थितिलाई सभ्य र विकसित बनाउनु पर्नेछ । त्यसका लागि सामाजिक तथा सांस्कृतिक रुपान्तरण अनिवार्य छ । नेपाली समाजमा गढिएर रहेको परम्परागत सामन्ती रुढीवादी चिन्तन र प्रवृत्तिको अन्त्य गरिनु पर्छ । त्यसैगरी तथाकथित आधुनिक, उपयोगितावादी र उपभोगवादी चिन्तन र प्रवृत्तिलाई पनि निरुत्साहित गर्नु आवश्यक छ । नेपालमा वैकल्पिक राजनीतिको कुरा गर्नेहरुले यो विषयलाई कसरी उठाउँछन् र व्यवस्थापन गर्छन् भन्ने कुराले उनीहरुको वैकल्पिक रागको निक्र्यौल गर्नेछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *