माओ प्रतिभावान् क्रान्तिकारी नेता भएकाले उनको आह्वानमा चिनियाँ जनता मरिमेट्न तयार हुन्थे ।

 


काठमाडौं, चैत्र २३ गते ।

माओत्सेतुङ सन् १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष रहे । सन् १९२७ मा च्याङ काइ सेकको कोमिन्ताङ सरकारले सङ्घाइमा कम्युनिस्टहरूको नरसंहार गर्न थालेपछि माओले कोमिन्ताङ सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गर्ने घोषणा गर्दै पार्टीलाई भूमिगत बनाए । सन् १९३७ मा जापानले चिनियाँ सीमा अतिक्रमण गरेपछि विरोध गर्दागर्दै पनि माओले कोमिन्ताङ सरकारसँग सहकार्य गर्न संयुक्त मोर्चा बनाए । माओ प्रतिभावान् क्रान्तिकारी नेता थिए, जसको आह्वानमा चिनियाँ जनता मरिमेट्न तयार रहे ।

कृषिप्रधान राष्ट्र चीनका किसानहरूलाई सङ्गठित गरेर उनले किसानहरूको नेतृत्वमा माक्र्सवादको सफल प्रयोग मात्रै गरेनन्, जनवादी क्रान्ति पनि सम्पन्न गरे । माक्र्सवादको विकासमा माओको विशेष योगदान मानिने गरेको छ । गुरिल्ला युद्धको विकासमा माओ प्रेरक व्यक्ति रहेका छन् । माओको निर्णयप्रति शोषित–पीडित जनताको सदैव साथ रह्यो । लाखौँ कम्युनिस्टहरूको लङमार्चको नेतृत्वकर्ता माओप्रति विश्वको नजर आज पनि उत्तिकै परिरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *