अमेरिकी स्वतन्त्रता संग्राम सन् १७७५ देखि १७८३ सम्म भएको स्वतन्त्रता प्राप्तिको युद्ध थियो ।

 

काठमाडौं, चैत्र २१ गते ।

अमेरिकी स्वतन्त्रता संग्राम सन् १७७५ देखि १७८३ सम्म भएको स्वतन्त्रता प्राप्तिको युद्ध थियो । त्यसले संयुक्त राज्य अमेरिकालाई स्वतन्त्र बनाएको थियो । बेलायती उपनीवेश विरुद्ध अमेरिकी जनताले गरेको उक्त युद्धले बेलायतलाई पराजित गरेको थियो । परिणमतः बेलायतको उपनिवेश विश्वभर कमजोर भएको थियो । सन् १४९२ मा क्रिष्टोफर कोलम्बसले अमेरिका पत्ता लगएका थिए । त्यसपछि विभिन्न यूरोपेली देशहरुले अमेरिकामा उपनिवेश कायम गरे । तत्कालीन समयमा धेरै उपनिवेश फैलाउन सफल बेलायतले अमेरिकामा पनि उपनिवेश कायम ग¥यो । अमेरिकामा बेलायतीहरुको संख्या ह्वात्तै बढ्यो । सन् १७६५ मा स्ट्याम्प एक्ट लागू गरिएको थियो । उक्त एक्टले पत्रपत्रिका र सरकारी कागजपत्रहरुमा अनिवार्य टिकट टाँस्नु पर्ने व्यवस्था गरेको थियो । त्यसले अमेरिकी जनतामा असन्तोष पैदा गरेको थियो ।

त्यसैगरी बोस्टनमा ब्रिटिश सैनिकहरुको तैनाथीको अमेरिकीले विरोध गरेका थिए । विरोध दबाउने क्रममा ५ जना अमेरिकीहरुको मृत्यु भएको थियो । जसलाई बोस्टन हत्याकाण्ड भनिन्छ । अमेरिकीहरुले ब्रिटिशहरुको कर नीतिको पनि विरोध गरेका थिए । जनप्रतिनिधीबिना कर उठाउन नपाउने भन्दै विरोध गरेका थिए । बेलायतबाट बिक्रीका लागि अमेरिका लगिएको चियालाई अमेरिकी क्रान्तिकारीहरुले समुद्रमा फ्याँकेका थिए । अमेरिकामा ब्रिटिशहरुको सर्वत्र विरोध भयो । सन् १७७५ अप्रिल १९ मा बोस्टनमा बेलायती सैनिक र अमेरिकी विद्रोहीबीच गोली हानाहान भएपछि अमेरिकी स्वतन्त्रता संग्राम शुरुवात भएको थियो । जर्ज वाशिङ्टनको नेतृत्वमा रहेको अमेरिकी फौजलाई फ्रान्स र स्पेनले सहयोग गरेका थिए । सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिसको भर्सिलिजमा सन्धि भयो । जस अनुसार बेलायतले अमेरिकालाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *