उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सन् १९४९ मा स्थापना भएको अन्तरसरकारी सैनिक संगठन हो ।

 

काठमाडौं, चैत्र १९ गते ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सन् १९४९ अप्रिल ४ मा स्थापना भएको अन्तरसरकारी सैनिक संगठन हो । यो संगठनको स्थापना सन् १९४९ अप्रिल ४ मा भएको हो । उत्तर एटलान्टिक क्षेत्रका देशरुले सामूहिक प्रतिरक्षाका लागि यो संगठनको स्थापना गरेका हुन् । अमेरिकी पूर्वराष्ट्रपनि ह्यारी एस स्ट्रुम्यान र पश्चिम युरोपका केही राष्ट्रप्रमुखहरुको अगुवाइमा यसको स्थापना भएको हो । शुरुमा १२ वटा देशहरु यसका सदस्य राष्ट्र थिए । हाल यसको संख्या २९ पुगेको छ । अल्बानिया, बेल्जियम, बुल्गेरिया, क्यानडा, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, स्टोनिया, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, इटाली, लाटभिया, लिथुवानिया, लग्जेम्बर्ग, मोन्टेनेग्रो, नेदरल्याण्डस, नर्वे, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, टर्की, संयुक्त अधिराज्य र संयुक्त राज्य गरी २९ देशहरु नेटोमा आबद्ध छन् । संयुक्त राज्य र क्यानडा उत्तर अमेरिकी देशहरु हुन । टर्की युरेसिया अन्तर्गत पर्दछ । बाँकी २६ देशहरु पश्चिम युरोपेली देशहरु हुन । नेटोका साझेदार देशहरु क्रमशः अर्मेनिया, अष्ट्रिया, अजरबैजान, बेलारुस, बोस्निया एण्ड हर्जगोभिना, फिन्ल्याण्ड, म्यासेडोनिया, जर्जिया, आयरल्याण्ड, काजाकास्थान, माल्टा, मोल्दोभा, रसिया, सर्बिया, स्विडेन, स्टिजरल्याण्ड, ताजिकास्तान, तुर्कमिनिस्तान, युक्रेन र उज्बेकिस्तान गरी २१ देशहरु छन् । नेटो स्थापनामा अमेरिकी पूर्वराष्ट्रपनि ह्यारी एस स्ट्रुम्यानद्वारा प्रस्तुत स्ट्रुम्यान डक्ट्रिनले आधार तयार पारेको हो । सोही बमोजिम संयुक्त राज्य अ‍ेमरिकाले दोस्रो विश्वयुद्धबाट आर्थिक र सामरिक हिसाबले क्षतविक्षत भएको पश्चिम युरोपको पुननिर्माणको लागि मार्शल प्लान (युरोपियन रिकोभरी प्रोग्राम) घोषणा ग¥यो । दोस्रो विश्वयृद्ध समाप्त भएसँगै सोभियत संघ शत्तिशाली भएर आयो । उसले आर्थिक, सामरिक र वैचारिक हिसाबले फरक धारको नेतृत्व ग¥यो ।

स्पष्ट रुपमा भन्दा साम्यवादी धार निर्माण ग¥यो । अर्कोतर्फ संयुक्त राज्य अमेरिकाले पुँजीवादी धारको नेतृत्व गर्दै आफूलाई झनै शक्तिशाली बनाउँदै लग्यो । अन्ततः यी दुई धारबीच शक्तिसंघर्ष प्रारम्भ भयो । त्यो शीतयुद्धको रुपमा सन् १९९० सम्म चल्यो । पश्चिम युरोप दोस्रो विश्वयुद्धबाट अत्यन्तै कमजोर बनेको थियो । सोभियत युनियनले त्यसको फाइदा उठाउँदै फ्रान्स, इटाली, जर्मनी लगायतका देशहरुमा साम्यवादी प्रभाव जमाउँदै लग्यो । त्यसैको विरुद्धमा विशेषतः अमेरिकाको अगुवाइमा राजनीतिक तथा सामरिक संगठनको रुपमा नेटोको स्थापना भएको हो । यो संगठनको स्थापनाको लागि हस्ताक्षर वासिङ्गटन डी.सी.मा भएको हो । यसको हेडक्वार्टर बेल्जियमको राजधानी ब्रसेल्समा छ । यसलाई उत्तर एटलान्टिक सन्धि वा वासिङ्टन सन्धि पनि भनिन्छ । उत्तर अमेरिकी र युरोपेली देशहरुको औपचारिक एलायन्सको रुपमा यो सन्धिलाई हेरिन्छ । यो सन्धिको धारा ५ मा नेटो सदस्य राष्ट्रमा हुने कुनैपनि सैनिक आक्रमण सम्पूर्ण नेटो सदस्यहरुलाई भएको मानिने उल्लेख छ । ओसामा विन लादेनले नेतृत्व गरेको अलकायदा नामक संगठनले सन् २००१ सेप्टम्बर ११ मा अमेरिकी सैनिक हेडक्वार्टर पेन्टागन र न्युयोर्क सिटीमा अवस्थित ट्विन टावरको रुपमा चिनिने वल्र्ड ट्रेड सेन्टरमा आक्रमण ग¥यो । सो आक्रमणमा धनजनको ठूलो क्षति भयो । त्यसको विरुद्धमा अमेरिकाले अलकायदा र ओसामा विन लादेन विरुद्ध आक्रमण गर्ने घोषणा ग¥यो । धारा ५ को प्रयोग गरेर नेटोले सैनिक शक्तिको पहिलो पटक प्रयोग ग¥यो । नेटोको विषयमा जानकारी राख्नको लागि दोस्रो विश्वयुद्ध, शीतयुद्ध, उत्तर एटलान्टिक क्षेत्र, सोभियत संघ, संयुक्त राज्य अमेरिका, आइरन कर्टेन (सोभियत संघले दोस्रो विश्वयुद्धपछि खडा गरेको राजनीतिक, आर्थिक र वैचारिक ब्यारियर) र वार्सा प्याक्ट लगायतको सन्धर्भहरु जोडिएर आउँछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *