एक प्राणी (पशुवत)को हत्या गरेर अर्को प्राणी (मानवत)को मनोकामना पूरा हुनै सक्दैन् ।

 


–परिवर्तन भट्टराई (कृति)

पशुबलि पढ्न नजानेको मान्छेले गरेको भए ज्ञानको अभावका कारण भन्न सकिन्छ । तर यथार्थ त्यस्तो छैन । जुन मान्छे धनको हिसाबले सम्पन्न छ । जानेमानेको हिसाबले जानकार नै छ । देशविदेश घुमेको र डुलेको हसाबले देखे जानेको नै छ । यस्ता मान्छेहरुले पशुहत्या गरेर मनोकामना पूरा गर्नको लागि देवतासँग हात थापेका हुन्छन् । जसले जे तर्क गरोस् पशुहत्या गरेर देवतासँग फल माग्ने मान्छे महामुर्ख हो । यसमा त्यति तर्कवितर्क गर्नु जरुरी नै छैन । एक प्राणी (पशुवत)को हत्या गरेर अर्को प्राणी (मानवत) को मनोकामना पूरा हुनै सक्दैन् । ज्ञानविज्ञानको क्षितिज यतिधेरै बढेको वा खुलेको आजको दुनियाँमा पशु हत्या गरेर भाकल पूरा गर्ने मान्छे कुन दुनियाँमा छ ? कुन युगमा छ ?

बलिप्रथा सतिप्रथा जतिकै जघन्य अपराध हो । सतिप्रथाको पक्षमा धेरै मान्छे थिए भनेको सुन्नमा पाइन्छ । पतिको मृत्युमा पत्निले देह त्याग गर्नुलाई तत्कालिन समाजले संस्कृति वा चलिआएको चलन नै भनेको हुनुपर्छ । होइन् भने पतिको मृत्युमा देहत्याग गर्न नचाहने महिलालाई ढुंगाले हानेर मार्ने, बाधेर आगोमा फालेर जलाउने र विभिन्न माध्यमबाट मारिन्थ्यो । आजका मान्छेले रगतको आहालमा पर्व मनाउने चलनको खुलेरै अन्त्य गर्नुपर्छ । होइन भने आफूलाई सभ्य मान्छे भन्नुको कुनै तुक नै छैन् । राज्यले यो विकृतिको विरुद्धमा खुलेर अभियान चलाउनुर्छ । जनताले पनि आफ्नो तहबाट यो खराब चलनको विरुद्धमा आवाज उठाउनुपर्छ । होइन भने देश गरिब भयो वा पछौटे भयो भन्न मिल्दैन, पाईँदैन । नराम्रो काम गर्ने तर राम्रो परिणाम खोज्ने कुरा नै गलत हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *