स्याफ्रुबेसी-रसुवागढी राजमार्ग सुचारु भएपछि नेपाल चीन व्यापार अझै वृद्धि हुनेछ ।

 

काठमाडौं, चैत्र १५ गते ।

कठिन साधना र समर्पण, कुशल नीति र नेतृत्व, इमान्दार चिन्तन र चाहनाको जगमा चीन दिन प्रति दिन समृद्ध बन्दैछ । यो समृद्ध चीन ऐतिहासिक रुपमै नेपालको विकास साझेदार हो । चीनसँग नेपालको व्यापार घाटा भइरहेको अवस्थामा ७ हजार ७ सय ८७ वस्तुमा भन्सार पूर्णत हटाएको छ । यो ‘जिरो ट्यारिफ’को प्रावधानले नेपालको अर्थतन्त्रलाई ठूलो राहत मिलेको छ । काठमाडौं–कोदारी राजमार्गले नेपाल र चीनबीचको व्यापारमा सहजीकरण गरेको छ । स्याफ्रुबेसी–रसुवागढी राजमार्ग सुचारु भएपछि नेपाल चीन व्यापार अझै वृद्धि हुनेछ । चीनको मुख्य भूमिबाट रेलमार्ग ल्हासासम्म जोडिएको छ । त्यसलाई सिगात्सेसम्म जोड्ने काम भइरहेको छ । सिगात्से हुँदै नेपालको सिमानासम्म चीनको रेलसेवा जोडिएपछि नेपालको व्यापार अझ वृद्धि हुनेछ ।

दुई देशबीचको हवाइसेवा र अप्टिकल फाइबर लाइन वृद्धिले नेपाल चीनको सम्बन्ध सुमधुर हुदैछ । चीन र भारतबीच नेपाल दरीलो ट्रान्जिट प्वाइन्ट हुँदैछ । सन् १९५५ मा नेपाल र चीन बीच दौत्यसम्बन्ध स्थापना भएपछि चीनले नेपाललाई निरन्तर सहयोग गरिरहेको छ । सन् १९६५ मा काठमाडौं–पोखरा राजमार्ग र उपत्यकामा चक्रपथ निर्माणमा सम्झौता भयो । त्यस्तैगरी सुनकोशी जलविद्युत परियोजना, भक्तपुर इँटा टायल कारखाना, गोर्खा–नारायणगढ सडक निर्माण, पोखरा बाग्लुङ्ग सडक, लुम्बिनी चिनी कारखाना, त्रिशुली जलविद्युत आदि महत्वपूर्ण परियोजनामा चीनले नेपाललाई सहयोग गरेको छ । चक्रपथ विस्तार र नेपाली सेनालाई मोबाइल अस्पताल निर्माण वर्तमान परियोजना छन् । चीनको ऐतिहासिक राजनीतिक इतिहास र नेपालसँगको सुमधुर सम्बन्धलाई हेर्दा चीन नेपालको सच्चा छिमेकी मित्रराष्ट्र हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *