नेपोलियन बोनापार्टले फ्रान्सेली राज्यक्रान्ति र युद्ध कौशलताका कारण ख्याति कमाएका थिए ।

 

काठमाडौं, फागुन ८ गते ।

नेपोलियन बोनापार्ट फ्रान्सका राजनीतिक नेता तथा सैनिक जनरल थिए । सन् १७८९ देखि सन् १७९९ सम्म भएको फ्रान्सेली राज्यक्रान्ति र त्यससँग सम्बन्धित युद्धका कारण ख्याति कमाएका थिए । उनको जन्म सन् १७६९ मा भएको थियो । मृत्यु ५१ वर्षको उमेरमा सन् १९२१ मा भएको थियो । उनको जन्म फ्रान्समा भएको थियो भने मृत्यु बेलायतको सेन्ट हेलेनामा भएको थियो । सेन्ट हेलेना बेलायती साम्राज्यको नियन्त्रणमा रहेको दक्षिण अमेरिकाको ब्राजिलबाट पूर्वतर्फ र दक्षिण अफ्रिकाको पश्चिममा रहेको एक टापु हो । उनलाई बेलायती साम्राज्यले त्यहाँ कैद गरेको थियो । उनको दाहसंस्कार भने सन् १९४० मा फ्रान्समा राजकीय सम्मानका साथ भएको थियो । क्यान्सरका कारण उनको मृत्यु भएको विश्वास गरिन्छ । उनले आफूलाई सन् १८०४ मा फ्रान्सको सम्राट घोषणा गरे । नेपोलियन प्रथमको रुपमा शासन गरे । सन् १८१५ मा केही दोस्रो कार्यकाल शासन गरे ।

युद्धमा पराजित गर्दै युरोपको अधिकांश भूभागलाई कब्जा गरेका थिए । उनको युद्ध कौशलताको विश्वभर चर्चा गरिन्छ । यद्यपि सन् १८१५ मा उनको पराजय भयो र सेन्ट हेलेनामा निर्वासित भए । युरोपमा उदारवादी सामाजिक सुधारकको रुपमा उनलाई जस दिने गरिएको छ । जनतामाथि महाजनहरुको हैकमको अन्त्य गरेका थिए । सबै जनताका लागि समान कानुन निर्माण गरेका थिए । धार्मिक सहिष्णुता र सम्बन्ध बिच्छेदलाई कानुनी मान्यता दिएका थिए । उनले लागू गरेको कानुनी प्रावधानलाई नेपोलियन कोडको रुपमा लिने गरिएको छ । सन् १९९६ देखि सन् १९९९ सम्म इटाली र इजिप्टमा चलाएको चर्चित सैन्य अभियान पश्चात् उनी क्रान्ति नेताको रुपमा उदाएका थिए । सन् १८१५ मा बेल्जियमको वाटरलुमा बेलायती र प्रसियन फौजसँग भएको युद्धमा उनी पराजित भएको थिए । फ्रान्सेली जनताले उनलाई महानायकको उपमा दिने गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *