सामाजिक र सांस्कृतिक विश्वासका कारण पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सर्ने गरेका छन् ।

 

काठमाडौं, चैत्र ५ गते ।

पहिले बसेको ठाउँ वा स्थान छाडेर अर्को स्थान वा ठाउँमा जानु बसासराई हो । नेपालमा भौगोलिक अवस्था, आय आर्जन, रोजगारी, उत्पादनशीलता, प्राकृतिक प्रकोप, विकासका पूर्वाधारको उपलब्धता आदिका कारण तीब्र रुपमा बसाइसराई हुने गरेको छ । नेपालमा हिमाली तथा पहाडी क्षेत्रबाट तराई र सहरी वा सहरोमन्मुख क्षेत्रतिर बसाइसराई तीब्र हुने गरेको पाइन्छ । ०६८ सालको जनगणनाले नेपालको करिब १७ प्रतिशत भूभाग रहेको तराई मधेशमा ५० प्रतिशत भन्दा बढी जनसंख्या रहेको छ । खुला सिमानाका कारण छिमेकी देशहरु जस्तै भारत, भुटान, तिब्बत र अन्य देशहरुबाट पनि मानिस आउने गरेका छन् ।

यातायात, सञ्चार, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता सुविधाको खोजीमा मानिसहरु बसाइसराई गर्ने गरेका छन् । हिमाली र पहाडी क्षेत्रबाट तराई र सहरतर्फ बसाई सर्ने गरेका छन् । त्यसैगरी जीवनयापन सहज बनाउन पनि सुविधसम्पन्न क्षेत्रमा बसाई सर्ने गरेका छन् । उमेर अवस्थाका कारण पनि बसाई सर्ने गरेको पाईन्छ । युवायुवतीहरु नयाँ अवसर खोज्न लालायित हुन्छन् । उनीहरुको अवसर खोज्ने चाहनाका कारण बसाइसराई हुने गरेको पाइन्छ । भौगोलिक विकटता बसाइसराईको अर्को कारण हुने गरेको छ । भौगोलिक विकटताका कारण असुविधा हुने भएकाले बसाई सर्ने गरेको पाइन्छ । सामाजिक र सांस्कृतिक विश्वासका कारण पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सर्ने गरेका छन् ।

अर्को कारण भनेको सम्बन्ध र सम्पर्क रहेको छ । त्यसैगरी आय आर्जन, पेसा र उत्पादनशीलतका कारण पनि बसाइसराई हुने गरेको छ । अर्को कारण भनेको सुरक्षा हुने गरेको छ । गरिबीका कारण पनि मानिसहरु आफ्नो थातथालो परिवर्तन गर्न बाध्य भएका छन् । बेरोजगारी बसाइसराईको अर्को प्रमुख कारण बनेको छ । शिपमूलक तालिमको खोजीमा पनि मानिसहरु एक स्थानबाट अर्को स्थानमा सर्ने गरेका छन् । उच्च शिक्षाको खोजीमा पनि मानिसहरु अर्को स्थानमा सर्ने गरेका छन् । बसाइसराई अत्याधिक हुनु राम्रो होइन । यसले सामाजिक जीवनमा प्रभाव पार्दछ । त्यसका लागि राज्यले सन्तुलित विकास गर्न जरुरी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *