जर्ज बर्नाड सा ले खानेकुरालाई आफैँले लगाएको सर्ट, पाइन्ट, कोट र जुत्तामा दल्न वा खुवाउन थाले ।

 


काठमाडौं, फागुन २७ गते ।

जर्ज बर्नाड सालाई कुनै एकदिन एक महिलाले उनलाई रात्रीभोजमा निमन्त्रणा गरिन । त्यो रात्रीभोजमा विशिष्ट व्यक्तिहरु आउने कार्यक्रम थियो । त्यो कार्यक्रममा रात्रीभोज आयोजक महिलाले उनलाई सम्मानपूर्वक नै बोलाएकी थिइन । त्यसैले सा उक्त रात्रीभोजमा व्यस्तताको बाबजुतपनि जान बाध्य भएका थिए । उनी काम गर्दाको अवस्थामा लगाउने कपडा लगाएरै कार्यक्रममा गए । आयोजक महिलाले उनलाई हार्दिकतापूर्ण स्वागत गरिन । केही गहिरिएर हेर्दा त सा अत्यन्तै सामान्य पोसाकमा उनले देखिन् । त्यो पोसाकबाट उनी खिन्न भइन । अर्को पोसाक लगाएर आउनको लागि अनुरोध गरिन । उनले अनुरोधलाई सहज रुपमा स्वीकार गरे । केही समयपछि सा अत्यन्तै महँगा कपडाले बनेका पोसाक लगाएर आए । त्यसपछि उनलाई खानेकुरा दिइयो । उनले त्यो खानेकुरालाई आफैँले लगाएको सर्ट, पाइन्ट, कोट र जुत्तामा दल्न वा खुवाउन थाले ।

उपस्थित सबै मान्छे अचम्भित भए । उनको यो क्रिया देखेर कार्यक्रम आयोजक महिला पनि चिटचिट पसिना आउने अवस्थामा पुगिन । आफूलाई खान दिइएको सबै खानेकुरा शरीरमा लगाइएका सबै कपडामा दलिरहे । धेरैले यसो गर्नुको कारणप्रति जिज्ञासा राखे । उनले त्यो गर्नु पर्ने कारण र परिस्थितिबारे बताए । यो घटना बर्नाड सासँगै जोडिएर आजसम्म चर्चित भएको छ । यो घटना असामान्य थियो । तर, यो त्यतिनै सन्देशमूलक पनि भयो । असामान्य अवस्थामा घटेको सन्देशमूलक घटना भएकाले यसलाई सन्देश प्रवाह गर्ने माध्यामको रुपमा रोचक विषयको उठान गर्ने क्रममा प्रयोग गरिन्छ । यसको मूल सन्देश भनेको साधा जीवन जिउनु भन्ने हुन्छ । सामान्य जीवनबाट पनि ठूलो लक्ष्य लिन सकिन्छ भन्ने सन्देश बनेको छ । नेपाली समाजमा भन्ने गरिएको साधा जीवन उच्च विचारलाई यो घटनाले प्रतिबिम्बित गरेको छ । यसले तडकभडक गर्नेलाई व्यंग्य गरेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *