अंग्रेजी भौतिकवादले पुँजीपति तथा अभिजात वर्गबीच मेलमिलापलाई प्रतिबिम्बित गर्दथ्यो ।

 


काठमाडौँ, फागुन २२ गते ।

फ्रान्समा १७औँ शताब्दीमा भौतिकवादको विकास भएपनि १८औँ शताब्दीमा यसले विकसित गर्नुका साथै विश्वव्यापी रुपमा नयाँ धाराका रुपमा स्थापित गरेको थियो । यो १७औँ शताब्दीमा स्थापित भौतिकवादी विचारलाई १८औँ शताब्दीको फ्रान्सको भौतिकवाद भन्ने नाम दिएको छ । यो १७औँ शताब्दीको अंग्रेज भौतिकवाद भन्दा अलग रहेको छ । अंग्रेजी भौतिकवादले पुँजीपति तथा अभिजात वर्गबीच मेलमिलापलाई प्रतिबिम्बित गर्दथ्यो ।

तर, फ्रान्सेली भौतिकवाद प्रगतिशील फ्रान्सेली बुर्जुवा वर्गको विश्वदृष्टिकोण थियो । यो भौतिकवादको शिक्षाको मुख्य उद्देश्य समाजको मुख्य भाग बुर्जुवा, कालिगढ, बुर्जुवा बुद्धिजीवि तथा अभिजात बुद्धिजीवि वर्गको प्रगतिशील भागलाई प्रबुद्ध बनाउनु रहेको थियो । फ्रान्सेली भौतिकवादका प्रमुख व्यक्तिहरुमा लामेत्री, हेल्वेतियस, दिदेरो, होलबाख आदि थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *