वैज्ञानिकहरुका अनुसार ४.५ अर्ब वर्ष पहिले चन्द्रमाको ज्वालामुखी विष्फोटनलाई नाङ्गो आँखाले देख्न सकिन्थ्यो ।

 


काठमाडौं, फागुन १८ गते ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीको उत्पत्ति आज भन्दा साढे चार अर्ब वर्ष पहिले भएको थियो । उत्पत्तिपछि पृथ्वी कयौँ वर्ष पानीको तालमा डुब्यो । कयौँ वर्ष अत्याधिक तापक्रममा गुज्रियो । पृथ्वीले हिमयुगको पनि सामना गर्नु प¥यो । ज्वालामुखी विष्फोटनका कारण कयौँ वर्षसम्म पृथ्वी कालो बादलले ढाकियो । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । पृथ्वीले सूर्यको परिक्रमा गर्छ । सूर्यले मन्दाकिनी आकाशगंगाको परिक्रमा गर्छ । अबको पाँच अर्ब वर्षपछि मन्दाकिनी आकाशगंगा दिव्यानी आकाशगंगासँग ठोकिन सक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । साढे चार अर्ब वर्ष पहिले पृथ्वीमा अक्सिजनको मात्रा निक्कै कम थियो । उक्त समयमा भयानक ज्वालामुखी विष्फोटन हुने गथ्र्यो । वैज्ञानिकहरुका अनुसार ६ घण्टाको एक दिन हुन्थ्यो ।

३ घण्टा उज्यालो हुन्थ्यो भने ३ घण्टाको रात हुन्थ्यो । वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट चन्द्रमा नजिक भएका कारण त्यसो भएको हो । विस्तारै चन्द्रमा पृथ्वीबाट टाढा हुँदै गयो । साढे चार अर्ब वर्ष पहिले आकाशबाट पृथ्वीमा उल्कापिण्ड र चट्टानको वर्षा हुन्थ्यो । जमीनमा ज्वालामुखी विष्फोटन र समुद्री ज्वारभाटा अत्याधिक आउँथ्यो । चन्द्रमाको गुरुत्वकर्षण बलका कारण धेरै उचाइमा समुद्रको छाल पुग्थ्यो । तत्कालिन समयमा पृथ्वी र चन्द्रमाको दुरी २५ हजार किलोमिटर मात्रै थियो । पृथ्वीबाट चन्द्रमा आजको तुलनामा १० गुणाभन्दा बढी नजिक थियो । वैज्ञानिकहरुका अनुसार पृथ्वीसँग विशाल आकाशीय पिण्ड ठोकिँदा चन्द्रमाको उत्पत्ति भएको थियो । चन्द्रमामा भएको ज्वालामुखी विष्फोटनलाई पृथ्वीबाट नाङ्गो आँखाले हेर्न सकिन्थ्यो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *