काठमाडौं, फागुन १७ गते ।
राज्य सञ्चालन गर्नको लागि सरकारको निर्माण गरिन्छ । प्रत्येक देशमा सरकारको निर्माण गरिएको हुन्छ । कुनै देशमा राजाले शासन गरेका हुन्छन भने कुनै देशमा राष्ट्रपतिले शासन गरेका हुन्छन् । कुनै देशमा प्रधानमन्त्रीले शासन गरेका हुन्छन् । कुनै देशमा धार्मिक सर्वोच्च नेताले शासन गरेका हुन्छन् । विभिन्न खाले सरकारले शासन गरेका हुन्छन् । शासन सही तरिकाले गर्न सक्नु पर्छ । सबै प्रकारका सरकारले शासन गर्ने हो । शासन राम्ररी गर्न सके त्यो शासन सुशासनमा बदलिन्छ । सही तरिकारले शासन गर्न नसकेमा कुशासनमा बदलिन्छ । सुशासन भए देशको विकास र समृद्धि हुन्छ । कुशासन भए देशले दुःख पाउँछ । त्यसैले सुशासन गर्न सबैले खोजेका हुन्छन् । सुशासन गर्ने भनेता पनि कुशासन पनि भएका हुन्छन् । सुशासन भएको छ वा छैन भनेर जान्नको लागि त्यो देशको सरकारले सरोकारवालाहरुलाई समावेश गरेर वा साथमा लिएर शासन गरेको छ वा छैन भन्ने कुरा प्रमुख हुन्छ ।
शासनलाई सुशासनमा बदल्ने एउटा आधार भनेको समानुपातिक सहभागिता हो । जनतालाई निर्णय प्रक्रिया र नीति निर्माणको प्रक्रियामा बदल्न सहभागिता हुनुपर्छ । विकास निर्माण सम्बन्धी निर्णय लिनु प¥यो भने सरोकारवाला जनतालाई सहभागी गराउनु पर्छ । त्यसो भयो भने त्यो शासन सुशासनमा बदलिन्छ । सहभागिताले अपनत्व निर्माण गर्दछ । अपनत्व निमार्ण भयो भने त्यसको कार्यान्वयन सहज हुन्छ । त्यसले दिगो विकास र शान्ति कायम गर्नलाई सहयोग गर्छ । त्यसैले कुनै पनि नीति निर्माण र कार्यान्वयन गर्नको लागि महिला र पुरुषको सहभागिता अनिवार्य हुन्छ । महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । तिनीहरुलाई हरेका कार्यमा सँगै लिएर जान सक्नुपर्छ । जुन देशको सरकारले महिला र पुरुषको सहभागितालाई सँगै लगेको छ त्यहाँ सुशासन भएको छ । त्यस्तो देशको विकास पनि भएको छ । जुन देशको सरकारले त्यसो गर्न सकेको छैन त्यहाँ सुशासन हुन सकेको छैन । सही शासन नै सुशासन नै सुशासन हो । त्यो समृद्धिको सुचक हो ।