रुची अनुसारको काम र त्यही काममा समर्पण आइन्स्टाइनलाई पढ्नेले सिक्ने कुरा हो ।

 


काठमाडौं, फागुन १५ गते ।

विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीको उल्म नामक सहरमा सन् १८७९ मार्च १४ का दिन भएको थियो । बाबु हरमन आइन्स्टाइन र आमा पाउलीन आइन्स्टाइनका यी प्रतिभाशाली छोरा अल्बर्ट आइन्सटाइनले भौतिकशास्त्रमा उल्लेखनीय योगदान गरेर विश्व अर्थात् आम मानवजातिलाई नै अमुल्य गुण लगाएका छन् । जन्मँदा शरीर मोटो र टाउको सामान्य आकारभन्दा ठूलो भएकाले उनका बाबुआमा चिन्तित भएका थिए । नौ वर्ष पुगेपछि मात्र उनको बोली फुटेको थियो । नौ वर्ष नपुग्दासम्म उनी लाटो हुने अनुमान गरिएको थियो । ५ वर्षको उमेरमा अत्याधिक बिरामी हुँदा बाबुआमालाई अझै चिन्तित पारेका थिए । उनको विवाह मिलेभा मार्किवीसँग भयो । उनका ह्यान्स अल्बर्ट र एड्वार्ड अल्बर्ट गरी दुई छोरा जन्मे । श्रीमती मिलेभा मार्किवीसँग सम्बन्ध विच्छेद भयो । यसप्रकारले पारिवारिक झमेलाको सामना गर्नुप¥यो । क्राइस्ट, कार्लमाक्र्स र सिग्मण्ड फ्रायड जस्तै अल्बर्ट आइन्सटाइन पनि विश्वलाई अतुलनीय योगदान गर्ने व्यक्तिमा पर्छन् । सन् १९५५ मा उनको निधन भयो । अल्बर्ट आइन्स्टाइनको मानसिक क्षमता ढिलो तर राम्रो भने जस्तै भयो । नौ वर्षमा बोली फुटेको त्यो बालक विश्वप्रसिद्ध वैज्ञानिक भएकाले संसार नै चकित भयो । सन् १९५५ मा निधन भएका आइन्स्टाइनको मस्तिष्क आज पनि सुरक्षित राखिएको छ । उनी असाधारण प्रकृतिका मानिस थिए । उनी सामान्य कुरा बिर्सन्थे भने असाधारण कुरा सोच्ने क्षमता राख्थे । सामान्य मानिसमा हुने गुणभन्दा फरक गुण हो यो मानसिक स्थिति । आधुनिक भौतिक शास्त्रका दुई प्रमुख खम्बा मानिने क्वान्टम सिद्धान्त र सापेक्षताको सिद्धान्त मध्ये सापेक्षताको सिद्धान्त आइन्स्टाइनले पत्ता लगाएको सिद्धान्त हो । आइन्स्टाइन र सापेक्षताको सिद्धान्तको बारेमा विश्वमा काफी मात्रामा चर्चा र बहस हुनेगर्छ ।

‘प्रकाश संश्लेषण’ सम्बन्धी सिद्धान्त पत्ता लगाएका कारण सन् १९२१ मा उनलाई भौतिकशास्त्रमा नोबेल पुरस्कार दिइयो । एउटा सामान्य सेल्सम्यानको छोराले नोबेल पुरस्कार पाउनु चानचुने कुरा पक्कै होइन । नौ वर्षमा बोली फुटेका आइन्सटाइनलाई पाँच वर्षको उमेरमा बोल्न नसक्दै क्याथोलिक इलिमिन्ट्री स्कुलमा प्रारम्भिक शिक्षा दिइएको थियो । आठ वर्षको उमेरमा लियुटपोल्ड जिम्नाजियम स्कुलमा स्थानान्तरण गरियो । आज उक्त विद्यालयलाई अल्बर्ट आइन्स्टाइन विद्यालयको नामबाट चिनिन्छ । उनले एउटा लेखमा ‘घोकन्ते पढाईले अध्ययनको मुल तत्व र सिर्जनात्मक सोचाई नष्ट गरिदिन्छ’ भनेर लेखेपछि धेरैले उनमा असाधारण प्रतिभा र क्षमता हुन सक्ने आँकलन गरेका थिए । सन् १८९५ मा स्वीट्जरल्याण्डको ज्युरिच स्थित ‘सुइस फेडेरल पोलिटेक्निक’मा उच्च माध्यामिक तह अध्ययन गरे । भौतिकशास्त्र र गणितमा धेरै अंक ल्याउने तर अन्य विषयमा निकै कमजोर हुने उनको पढाईको विशेषता नै बन्यो । स्नातक समेत त्यही शैक्षिक संस्थाबाट गरे । ज्युरिच विश्वविद्यालयबाट विद्यावारिधी गरे । बर्न, ज्युरिच र चाल्र्स फर्डिनाड विश्वविद्यालयमा प्राध्यापन गरे । प्राध्यापन पेशा छोडेर सन् १९१६ मा ‘जर्मन फिजिकल सोसाइटी’ को अध्यक्ष बने । सन् १९११ मा आफ्नै सापेक्षताको सिद्धान्तको आधारमा ताराबाट पृथ्वीमा आउने किरण सूर्यको गुरुत्वाकर्षणका कारण बांगिएर आइपुग्ने बताए । बेलायतको अन्तरिक्ष सम्बन्धी अध्ययन गर्ने संस्थाले त्यसलाई सही साबित गरेपछि उनी झनै चर्चित भए । आइन्स्टाइनको जीवनी र सिर्जनालाई अध्ययन गर्दा स्पष्ट हुन्छ कि लक्ष्य प्रति निरन्तर निष्ठावान् भई लाग्ने । त्यस्तालाई अन्य सामान्य मान्छेलाई भन्दा बढी आर्थिक र पारिवारिक समस्या देखिन्छन् । कुनै एक विषयमा कमजोर मानिस सबै विषयमा कमजोर हुन्छ भन्ने छैन । रुची अनुसारको काम र त्यही काममा समर्पण आइन्स्टाइनलाई पढ्नेले सिक्ने कुरा हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *