संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धमा म्यानहटन परियोजनाको नाममा परमाणु बम निर्माण ग¥यो ।

 


काठमाडौं, फागुन १५ गते ।

दोस्रो विश्वयुद्धको जन्मदाता जर्मनी र एडोल्फ हिटलरले विश्व विजयका नाममा संसारलाई नै ध्वस्त पार्ने गुरुयोजना बनाएको देखिन्छ । परमाणु अर्थात एटम भनेको त्यो सूक्ष्म तत्व हो जसलाई टुक्र्याउन सकिँदैन । ती सूक्ष्म तत्व परमाणु एक अर्कामा शक्तिशाली ढङ्गले जोडिएर रहेका हुन्छन् । आपसमा जोडिएको त्यो शक्तिशाली जोडाईलाई एक अर्कामा पृथक पार्दा अत्याधिक ठूलो शक्ति पैदा हुन्छ । त्यो शक्तिलाई संसारका विद्यमान अरु कुनै पनि शक्तिले परास्त गर्न सक्दैन । अग्नि, वायु र उर्जा प्रकृतिका शक्तिशाली तत्वहरु हुन् । परमाणु ती शक्तिभन्दा अत्याधिक शक्तिशाली हुन्छ ।

संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धको दौरान म्यानहटन परियोजनाको नाममा परमाणु बम निर्माणको थालनी ग¥यो । सन् १९४३ मा शुरु गरिएको यस परियोजनाका शोधकर्ता रोबर्ट सेर्बर हुन् । युरोनियममा आधारित भई एटम बमको निर्माण गरिएको थियो । फ्याट म्यान (Fat Man) थिन म्यान (Thin Man) र लिट्ल बोई (Little Boy) नाम गरेका तीनवटा परमाणु बम निर्माण गरियो । ती शक्तिशाली परमाणु बम बोक्नको लागि विशेष प्रकारको विमानहरुको प्रयोग गरियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *