रुसी लेखक लियो टल्सटायका एक अनन्य मित्रले जागिरका लागि एक व्यक्तिलाई उनीकहाँ सिफारिस गरे ।

 


काठमाडौं, फागुन १४ गते ।

रुसी लेखक लियो टल्सटायका एक अनन्य मित्रले जागिरका लागि एक व्यक्तिलाई उनीकहाँ सिफारिस गरे । शैक्षिक तथा तालिम प्राप्त प्रमाणपत्र लिएर पठाए । जागिर खोज्ने उक्त व्यक्तिको धेरै राम्रा प्रमाणपत्र थिए । राम्रो अंक ल्याएर उनले उत्तीर्ण गरेका पनि थिए । उ यस्ता प्रमाणपत्र लिएर टल्सटायकोमा अन्तर्वार्ताको लागि गयो । उसले अन्तर्वार्ताको क्रममा आफ्नो प्रमाणपत्र र क्षमता दुवै प्रदर्शन पनि ग¥यो । आफू छनौट हुनेमा उ ढुक्क पनि भयो । सिफारिस गर्ने व्यक्ति टल्सटायको अनन्य मित्र थिए । उनको सिफारिसलाई टल्सटायले काट्न सक्दैनन् भन्नेमा उनी ढुक्क थिए । लियो टल्सटायले अन्तर्वार्तामा आउने अन्यको पनि प्रमाणपत्र लिए । उनीहरु प्रमाणपत्रका आधारमा सामान्य नै थिए । राम्रा प्रतिस्पर्धीहरुको बीचबाट एक सामान्य व्यक्तिलाई उनले छनौट गरे । टल्सटायका अनन्य मित्र अचम्भित भए । के भयो ? मेरो सिफारिसलाई किन अस्वीकार गरे र एक सामान्य क्षमता भएका व्यक्तिलाई छनौट गरे । आफू अपमानित र लज्जित भएको महशुस गरे ।

यो प्रश्नको जवाफ अरु कसैले दिन सक्ने नभएकाले उनी टल्सटायकोमा नै गए र आफ्नो असन्तुष्टी सहितको जिज्ञासा राखे । टल्सटायले बढो सौहार्दपूर्ण ढंगले जवाफ दिए । तपाईँले पठाएको व्यक्ति मैले छनौट गरेको व्यक्ति भन्दा प्रमाणपत्रको हिसाबले उत्कृष्ट थिए । क्षमता पनि कम थिएन । मैले छनौट गरेको व्यक्ति तपाईँले सिफारिस गरेको व्यक्ति भन्दा सामान्य हुनसक्छ । तर मैले उसैलाई नै रोजेँ । किनकि उसँग आत्मविश्वास छ । उ सँग मेहनत गर्ने बानी छ । उ सँग घमण्ड छैन । उसले अन्तर्वार्ताको लागि अन्तर्वार्ता कक्षमा प्रबेश गरेदेखि निस्कँदाबीचको छोटो अवधिमा प्रस्तुत गरेका व्यवहारले उत्कृष्ट भयो । टल्सटायले व्यवहारिक पक्षलाई बढी महत्व दिए । आर्जित शिक्षालाई व्यवहारमा रुपान्तरण गर्ने कुरालाई नै प्राथमिकता दिए । राम्रो प्रमाणपत्र पाउनु एउटा क्षमता हो । व्यवहारमा आफूलाई प्रस्तुत गर्नु अर्को क्षमता हो । राम्रो प्रमाणपत्रको जगमा राम्रो क्षमता प्रदर्शन गर्नु उत्तम हो । तर राम्रो प्रमाणपत्र र राम्रो व्यवहार छनौट गर्नु परेमा व्यवहारले नै प्राथमिकता पाउँछ । टल्सटायले ठिक त्यसै गरे । अनन्य मित्र चित्तबुझ्दो जवाफले सन्तुष्ट भएर फर्किए । महत्वपूर्ण शिक्षा प्राप्त गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *