तीक्ष्ण क्षमता भएका न्यूटनले बेलायतको ‘ग्रामर’ भन्ने एक विद्यालयमा प्रारम्भिक शिक्षा आर्जन गरे ।

 


काठमाडौं, फागुन १४ गते ।

न्यूटनले बेलायतको ‘ग्रामर’ भन्ने एक विद्यालयमा प्रारम्भिक शिक्षा आर्जन गरे । अत्यन्तै तीक्ष्ण बुद्धिका भएकाले पढाईले चाँडै गति लियो । विद्यालय शिक्षाको समाप्तिपछि बेलायतकै एक चर्चित विश्वविद्यालय ‘ट्रिनिटी’ मा अध्ययन प्रारम्भ गरेपछि पढाईलाई खोज अनुसन्धानको स्तरमा उठाउन थाले । उनको अध्ययन अनुसन्धान गहिरिन थाल्यो । नयाँ पहिरनका सौखिन उनलाई पोशाक नलगाई विद्यालय जाँदा कारवाहीमा समेत परेका थिए । लामो कपाल पाल्न रुचाउने यी व्यक्तित्व फुर्सदमा कविता लेख्न तम्सिन्थे । उनको कतिपय क्रियाकलाप विद्रोही प्रकृतिका पनि देखिन्छन् । चालका नियम, गुरुत्वाकर्षणको नियम, प्रकाशको विच्छेदन सम्बन्धी नियम उनका चर्चित वैज्ञानिक आविष्कार हुन् । गणित विषयका प्राध्यापक आइज्याक ब्यारो, न्यूटनका प्रिय गुरु हुन् । स्पर्श रेखाको सिद्धान्त, डिफ्रेन्सियल क्यालकुलेसनको सिद्धान्त बायोनिमल सिद्धान्त, रङ्गको तथ्य सम्बन्धी सिद्धान्त आदि जस्ता सिद्धान्तको प्रतिपादक हुन् ।

चन्द्रमाले पृथ्वीलाई सन्तुलित ढङ्गले कसरी परिक्रमा गर्छ भनेर घन्टौं सोच्नु उनको दिनचर्या नै बन्यो । आफैले पढेको विश्वविद्यालयमा आफ्ना गुरुको स्थानमा रहेर प्राध्यापन गर्ने अवसर मिलेपछि त झनै खोज अनुसन्धानको लागि उपयुक्त वातावरण बन्यो । विज्ञान, गणित र साहित्यका ज्ञाता उनले जीवनको आखिरीमा कविता र आत्मवृत्तान्त लेखेर बिताए । सन् १७२७ मा ८५ वर्षको उमेरमा उनको मृत्यु भयो । उनीपछि यस पृथ्वीमा अरबौं मानिस जन्मे भने अरबौं नै मानिस मरिसके तर उनको जस्तो सार्थक जीवन अति थोरैले मात्रै पाए भन्दा अन्यथा हुन्न । मुख्य कुरा त उनले प्रतिपादन गरेको सिद्धान्तले युगौं युगसम्म आम मानव जातिको सेवा गरिरहनेछ । उनले भौतिकशास्त्र सम्बन्धी २ पुस्तक प्रिन्सिपिया र अपटिक्स लेखे । समकालीन विश्वमा ति पुस्तकले तहल्का नै मच्चाएका थिए । अन्तमा भन्नुपर्दा उनको ८५ वर्षे जीवनकाल सार्थक भयो । उनी सदाका लागि गौरव भइरहनेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *