राजाको आदेश प्रधानमन्त्री नेकरले कार्यान्वयन गर्न नसकेपछि प्रधानमन्त्री पदवाट नै बर्खास्त भए ।

 


काठमाडौं, फागुन २ गते ।

लुई १६ औँ ले आफ्नो प्रधानमन्त्री नेकरलाई ती सामान्य जनताका प्रतिनिधिहरु विरुद्ध कारवाही गर्नु भनी आदेश दिए । राजाको आदेश प्रधानमन्त्री नेकरले कार्यान्वयन गर्न नसकेपछि उनलाई प्रधानमन्त्री पदवाट नै बर्खास्त गरे । राजा र जनताका बीचमा यस क्रममा नै सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरुमा भिषण संघर्ष भयो । राजा उक्त संघर्षमा पराजित हुदै जान थाले पछि वर्खास्त गरिएका प्रधानमन्त्रीलाई पुनःस्थापना गर्दै जनता समक्ष माफी माग्दै उक्त क्रान्तिलाई मान्यता दिन वाध्य भए । कुलिन वर्ग र पुरोहित वर्गका प्रतिनिधिहरुले समेत जनताका प्रतिनिधिहरुलाई समर्थन गर्न वाध्य भएका थिए । उक्त क्रान्ति मार्फत राजतन्त्र समाप्त भयो र केही समय पछि राजालाई माफ माग्न लगाएर संवैधानिक राजाको रुपमा पुनःस्थापना गराए । सहर र ग्रामिण क्षेत्रका विभिन्न इलाकाहरुमा विभिन्न कम्युन निर्माण गरिए र उक्त कम्युनहरुको एउटा छाता संगठन फेडेरेसन बनाइयो । उक्त महान् क्रान्तिमा प्रयोग गरिएको नारा ‘भातृत्व, समानता र स्वतन्त्रता’ प्रत्येक नागरिकहरुको मुखबाट कण्ठस्त सुनिन्थ्यो । ‘यहाँबाट स्वतन्त्र धर्तीको सुरुवात हुन्छ’ भन्ने नारा देशका विभिन्न भागहरुमा टाँगिएका थए ।

क्रान्ति पछिको निर्मित संविधानमा लेखिएको ‘डिक्लेरेसन अफ् द राइटस्, म्यान एण्ड द सिटिजन’ झनै चर्चित थियो । सबै नागरिक जन्मले बराबर हुन्छन्, अधिकार सबैका लागि बराबर हुन्छ । अभिव्यक्तिको स्वतन्त्रता आम जनतामा सबैलाई बराबर हुन्छ भन्ने जस्ता प्रावधानहरु क्रान्ति पछिको संविधानमा उल्लेख गरेको कारण नै फ्रान्सेली राज्यक्रान्ति जनताको क्रान्ति अर्थात् सार्थक क्रान्ति थियो भनेर भन्न सकिन्छ । उक्त संविधानमा फ्रान्सका राजा एउटा प्रभुसत्ता सम्पन्न राष्ट्रको केवल सेवक हो भन्ने कुरा उल्लेख गरिएका कारण फ्रान्स एउटा सार्वभौम स्वतन्त्र राष्ट्रको रुपमा रुपान्तरण हुन पुग्यो । क्रान्ति पछिको क्रान्तिकारी सरकारले भू–कर, व्यक्तिगत सम्पति माथिको कर, उद्योग तथा व्यापारका लागि लाइसेन्स आदि जस्ता कदम अगाडि सार्दै जनताका कामहरु अगाडि बढाउँदै लग्यो । यस क्रममा नै संविधान अन्तर्गत रहेका राजाले जनताका प्रतिनिधिहरु र तीनका कार्यक्रमहरुमा षड्यन्त्र गर्न थालेपछि लुई १६ औँ राजालाई अन्ततः मृत्युदण्ड नै दिनु प¥यो । यसरी विश्वको क्रान्तिकारी इतिहासमा फ्रान्सको राज्यक्रान्ति अभुतपूर्व र अद्वीतीय क्रान्तिको रुपमा इतिहासमा अंकित हुन पुग्यो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *