इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने ।

 


काठमाडौं, माघ ३० गते ।

इन्डोनेसिया नेशनल पार्टीका नेता सुकार्नो विश्वयुद्धपछि स्वतन्त्र इन्डोनेसियाका राष्ट्रपति बने । साम्राज्यवादी डच सरकारविरुद्ध इन्डोनेसियाली जनतालार्ई एकगठ बनाएर स्वतन्त्रता सङ्ग्रामलाई चरमचुली पु¥याउने काम उनले गरे । विश्वयुद्ध चलिरहँदा उनलाई सन् १९४२ सम्म जेलमा कोचियो । जनताको उर्लिँदो आन्दोलन र जापानी आक्रमणलाई ख्याल राख्दै उनलाई सन् १९४२ मा जेलबाट रिहा गरियो । देशभक्त शक्तिहरूलाई सङ्गठित गरेर उनले ‘पेटा’ नामक मुक्तिसेना गठन गरे । इन्डोनेसियाको स्वतन्त्रताका लागि जापानको सहयोग प्राप्त हुन्छ भन्ने उनको भ्रम थोरै टुट्यो । जापानविरुद्ध सङ्घर्ष गर्न उनले आफ्नो सङ्गठनलाई भूमिगत बनाए । १७ अगस्ट, १९४५ मा उनले इन्डोनेसियालाई स्वतन्त्र लोकतान्त्रिक राष्ट्र घोषणा गरेर त्यसको राष्ट्रप्रमुख बने ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *