टोखा, काठमाडौं
टोखा नगरपालिका वडा नं. २ का जनताले लालपुर्जा प्राप्त गरेका छन् । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले लालपुर्जा वितरण गर्नु भयो । वडा नं. २ मा आयोजना गरेको एक कार्यक्रममा नगरप्रमुख अधिकारीले लालपुर्जा वितरण गर्नु भएको हो । लालपुर्जा वितरण कार्यक्रममा नगर उप–प्रमुख मुरारी तामाङको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकारी कमल भट्टराई, टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ३ का अध्यक्ष रमेश डंगोलको पनि उपस्थिति रहेको थियो । वडा सदस्यहरु आर्यन डंगोल, अम्बर डंगोल, सविना श्रेष्ठको उपस्थिति रहेको थियो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नापी अधिकृत डिल्ली राज भण्डारी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव सानु श्रेष्ठले गर्नु भयो । कार्यक्रम अत्यन्तै भव्य रुपमा सम्पन्न भयो । लालपुर्जा प्राप्त गर्ने स्थानीयहरु अत्यन्तै उत्साहित भएका छन् । आगामी दिनमा नगरपालिकाले यस्तै राम्रा कामहरु गर्दै जाओस् भनी शुभकामना व्यक्त गरेका छन् । लालपुर्जा प्राप्त गरेकोमा नगरप्रमुख, वडा अध्यक्ष लगायतकालाई लालपुर्जा प्राप्त गर्नु भएकाहरुले धन्यवाद व्यक्त गर्नु भयो ।