वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग ‘विशिष्ट व्यक्तिसँग भेटघाट’ कार्यक्रम !

– परिवर्तन भट्टराई ‘कृति’

नेपालमा समृद्धि अभियानले वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग ‘विशिष्ट व्यक्तिसँग भेटघाट’ कार्यक्रम सम्पन्न गरेको छ । विशिष्ट व्यक्तिसँग भेटघाट कार्यक्रम नेपालमा समृद्धि अभियानको चर्चित कार्यक्रम हो । अभियानले दुई महिने (असार–श्रावण) कार्यक्रम समूह सञ्चालन गरिरहेको छ ।

कार्यक्रम समूहको विषय ‘नेपालमा सुशासनको वर्तमान अवस्थाः चुनौती र सम्भावना’ रहेको छ । उक्त विषयमा विभिन्न व्यक्तित्वहरुसँग कार्यक्रमिक भेटघाट भइरहेको छ । वरिष्ठ अधिवक्ता भट्टराईले नेपालको सुशासनको वर्तमान अवस्थाको बारेमा महत्वपूर्ण प्रस्तुति गर्नुभयो ।

उक्त प्रस्तुतिको फेसबुक पेज मार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । उक्त प्रस्तुतिको भिडियो ऐभरेष्ट टेलिभिजन नेटवर्कको युट्युव च्यानल मार्फत् प्रशारण हुनेछ । कार्यक्रममा प्रत्यक्ष र परोक्ष रुपमा सहभागी हुनु भएका सम्पूर्ण महानुभव्हरुलाई नेपालमा समृद्धि अभियानले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कार्यक्रममा महेन्द्र बहादुर शाही, अमृत पुरी, रमेश खड्का, वृष बहादुर स्वाँर, परिवर्तन भट्टराई, बिमला पुरी, दिपक घिमिरे, प्रेम वाम्बुले र दर्शन भट्टराई लगायतको सहभागिता रहेको थियो ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *