दिपक घिमिरे
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सेवा गर्दै आएका भिम बहादुर थापा इक्यानको २०औं अधिवेशनमा सह–कोषाध्यक्षको लागि चनावी मैदानमा उत्रेका छन् । ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीका प्रमुख उनी धेरैसमयदेखि इक्यानका गतिविधिमा जोडिँदै आउनु भएको थियो ।

विगतको अनुभवको आधारमा आफूलाई सक्षम भएको दाबी गर्ने थापा इक्यानका आर्थिक गतिविधिहरुलाई पारदर्शी, मितव्ययी, व्यवहारिक र चुस्तदुरुस्त रुपमा राख्न आफू चुनावी मैदानमा होमिएको दाबी गर्नुहुन्छ । उहाँसँग टिमवर्क र टिमवर्कका सबै सदस्यहरुसँग सहकार्य, समन्वय र कुशलतापूर्वक काम गर्ने कला छ ।

सबैलाई सम्मान र स्वीकार्ने आफ्नो स्वभावका कारण आफू प्रतिद्धन्द्धीभन्दा अब्बल भएको दाबी गर्नुहुन्छ । उहाँले इक्यानियन सदस्य, अग्रज, शुभचिन्तक तथा मतदातासँग आफू र आफ्नो प्यानललाई मतदान गरी विजयी गराउन अपील गर्नु भएको छ ।