दिनेश चौलागाईं
अनियंत्रित नेपाली समाज झुट बोल्ने पेशेवरहरुको चंगुलमा फसेको छ । सिद्धान्तको नाममा भ्रष्टाचार चलेको छ । भ्रष्टाचार गर्नेले इज्जत कमायो झुटको ब्यापार चलायो राजनीति जस्तो समाजसेवा समेत पैसामा बिक्यो, ब्यापारिकरण भयो जनताको भोट किनेर चुनावमा जित्ने र भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने राजनीतिक भ्रष्टाचारी पेशाले आज नेपाली समाज कुरुप बनेको छ । समाजमा सत्य बोल्नेहरु निरिह बने, झुट बोल्नेहरुको कुरा बिक्यो आज देशमा ८५% मान्छेहरू पैसा कमाउने लालचमा झुट बोल्ने पेशामा छन । समाजसास्त्री हरुको विष्लेशनमा यो सबैभन्दा भन्दा निच समाज समाज हो यो गलत परिपाटीले चलेको समाज यथाअवस्थामा रहिरहन सक्दैन । आज नेपाली समाजमा प्रत्येक घरमा ३ जना झुट बोल्ने पेसामा देखिन्छन् । घरमा बाबुले छो्रासँग झुट बोलेको छ छोराले बाबुसँग झुट बोलेको छ । आमाले छोरिसँग झुट बोलेको छ ,छोरिले आमासँग झुट बोलेको छ ।
नेताले जनतासामु झुट बोलेको छ, जनताले नेताकार्यकर्ता सँग झुट बोलेको छ । डाक्टरले बिरामी सँग झुट बोलेको छ, बिरामीले डाक्टर सँग झुट बोलेको छ । न्याय खुलेआम बिक्रीवितरणमा छ , मायाँममता बिक्रीवितरणमा छ । यो नेपाली समाजको दरिद्रताको पराकाष्ठा हा े। समाज यो भन्ना निच हुनै सक्दैन, आजको यो दलाल पुँजीवादको चरम संक्रमण हो । छ पैसा छ शिक्षा, छैन पैसा छैन शिक्षा र छ पैसा छ स्वास्थ छैन पैसा छैन स्वास्थ हाम्रो यथार्थ यहि हो । राज्यका सम्पुर्ण निकाय दलाल पुजीवादमा डुबेको छ तेसैले सिद्धान्तले काम गर्ने अवस्था छैन सोझा जनतालाई अनियंत्रित भावनाको चक्रब्युमा फसायर शोषन गर्ने गलत नियतमा सुदृढीकरण गर्न सकियन भने गृहयुद्धको चपेटामा फस्ने निस्चित छ। यसै कारणले नेपालको दलाल पुजीवादको दरिद्रताले तेस्रो बिस्वयुद्द निम्त्याउन सक्छ । समाज श्रम क्षेत्र छोडेर सेवा क्षेत्रका चाकरी गर्न उद्दत छ यो नै समाजवाद विरुद्धको डरलाग्दो तथ्य हो ।
आज नेपाली समाज छाडातन्त्रमा छ । हरेक सरकारि समयन्त्रमा भ्रष्टाचार गर्न दलाल खडा गरिएको छ ,जताततै पर्दापछाडीका सरकारहरुको डरलाग्दो रुपले बौद्धिक जगतमा चिन्ता थपेको छ । नेपाल बिस्वको भ्रष्टाचार गर्ने चौथो मुलुक भएकोले यहाँ अस्थिर राजनीति गराइ भ्रष्टाचार लगायतका २ नम्बरि धन्दा चलाउने राजधानी बनेको छ । सरकार बिकेको छ, न्याय बिकेको छ , नैतिकता बिकेको छ , समाजमा असल मान्छे बनेर बस्न सक्ने अवस्था छैन दलाल पुजीवादका कारण इज्जत कमाउने आसमा झुट कुराहरूको प्रतिस्पर्धा चलेको छ । समाजमा सिद्धान्तनिष्ठ, कर्मठ, नैतिकता र इमानदारीपूर्वक रहेकाहरु अत्यन्तै कम छन । बिकशित देशहरूले स्वाबलम्भी अर्थतन्त्रको बिकास गरे तर हामी नेपाली श्रमिकको रुपमा रोजगारीको खोजीमा बिश्वको कुना कुना भौतारिरहेका छौं । भ्रष्ट सरकारका कारण समाज भ्रष्ट बनेको छ । जनताको रगतपसिनामा भ्रष्टाचार समेतको २ नम्बरी पेसामा चलेको दलाल पुजीवादी आजको नेपाली समाजमा सैद्धान्तिक चेतना जगाउन मुस्किल छ । नैतिकवान समाज बनाउन मुस्किल छ । स्वास्थ स्व्च्छ र समुन्नत बनाउन मुस्किल छ ।
आज गरिबहरुको नेतृत्व गर्ने नेताकार्यकर्ताले बनायको आलिसान महलहरुले गरिबहरुलाइ खिज्याइ रहेको छन । गरिब अझ गरिव हुँदै छ, चुनाव मा यक छाक मासु र रक्सीमा आफ्नो भोट बेचिरहेका छन । यहाँ हर क्षेत्रमा भ्रष्टाचार छ । गरिबले दैनिक उपभोग गर्ने खाद्यान्नलगायत पदार्थमा मिसावट गरिएको छ। जस्तै रक्सस् बनाउने मर्चामा युरिया मिसाइयको छ जसका कारण गरीबहरुको आयु घटेको छ । फलफूल, तरकारी,दुधमा , मिठाइमा, चाउचाउमा सबै खाद्यान्नमा मिसावट छ, मिसावटका कारणले जनताको स्वास्थमा गम्भीर असर पुगेको छ । हामी स्वाभलम्भी अर्गानिक समाजवाट ब्रोइलर देखावटी समाजमा रुपान्तरण भएका छौ । श्रम गर्न छोडेर चाकडिमा लागेका छौं, भुँडी बडेको छ रोग बडेको छ, अनावश्यक तनावका कारण अकालमा मृत्यु हुनेहरूको संख्या धेरै छ। जनतालाई लुट्ने बैज्ञानिक शोषणका कार्यविधि बड्दो छ । श्रम गर्नेहरु हेपिएका छन, गलत काम गर्नेहरुको बोलवाला चलेको छ , सत्य ओझेलमा छ, झुट फैलाइयको छ त्यसकारण सत्य सिद्धान्तलाई स्थापित गर्न र झुट कार्य गर्ने गिरोह विस्थापित गर्न जाग्नु पर्ने अवस्था आएको छ ।
आज नेपालको सबै स्थानीय निकायहरूको ६७४३ वडाबाट सुधार गर्नुपर्ने जिम्मेवारी युवाको काधमा आएको छ। तुरुन्तै जिम खाना बन्द गरेर श्रम शिविर खोल्नु पर्ने अवस्था आएको छ । किसान लाई जग्गा र बीउ मलको सहज उपलब्ध गराउन परेको छ । कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नु परेको छ, किसानको जिवनस्तर सुधार्नु परेको छ । कृषि क्रान्ति र औद्योगिक क्रान्ति बिना समाजको बिकास हुन सक्दैन तसर्थ सबैले श्रम गर्न जनचेतना जगाउनु परेको छ । सबै वडामा खोलिने श्रम शिवीर बाट उत्पादनमा वृद्धि गराउन परेको छ । जेलमा हुने अनमितता ,शोषण र भ्रष्टाचार हटाउन कैदी भनियकाहरुलाई उत्पादनसँग जोड्नु परेको छ ।
नकारात्मक दिशाउन्मुख नेपालको सासनपद्दतीमा परिवर्तन गर्नु परेको छ । चेतनशील सबै नेपाली युवाहरूले सकारात्मक भुमिका निर्वाह गर्नु परेको छ । बिस्वका २ नम्बरि पेशामा लागेका मान्छेहरुलाई नेपाल बाट हटाउने सबैभन्दा ठूलो चुनौती नेपाली युवाको हातमा आएको छ । अब भ्रष्टाचारिलाई मृत्युदण्ड को कानुन बनायर मृत्युुदण्ड दिन सकियन भने नेपाल बेचिने छ । देशमा कार्यकारी प्रमुखको निर्वाचन गर्नु पर्छ अन्यथा देशमा झुट कुरा गर्ने पेशेवरहरुले भाडमा लानेछन र नेपाल लाई गलत काम गर्ने अखाडा बनाइ रहनेछन् । नेपाल र नेपालीलाई लुटिरहने छ्न हामी वहानै बहानामा गलत कुरा गर्ने गिरोहहरु बाट सधै लुटिरहने छौ ।