तीर्थराज भट्टराई, नगरप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
विश्वभर जलवायु परिवर्तनको असर बढ्दो छ । नेपाल जस्ता देशहरु बढी प्रभावित भएका छन् । हामीले यसको असरको बारेमा बुझ्न जरुरी छ । त्यसका बारेमा विश्वव्यापी आवाज उठाउनु पर्छ । ग्लोबल वार्मिङ बढ्दो छ । त्यसलाई समयमै रोक्न सक्नुपर्दछ । शक्तिशाली देशरुले शक्तिको दौडमा अत्याधिक कार्वन उत्सर्जन गरेका छन् । त्यसको असर कम विकसित देशहरुलाई बढी भएको छ । विश्वव्यापी उष्णीकरणको असर न्यूनिकरण गर्नको लागि विभिन्न उपायहरु छन् । तिनीहरुलाई प्रयोग गर्न यस सम्बन्धमा पर्याप्त जानकारी हुनुपर्छ । अन्तर्राष्टिय, राष्ट्रिय र स्थानीय तहमा यसको न्यूनिकरणको पहल हुनुपर्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसको उत्पादन बढाउने र त्यससँग सम्बन्धित उद्योगहरु खोल्न प्रोत्साहन गर्ने नीति लिएको छ । त्यो भनेको पर्यावरण जोगाउने अभियान नै हो । देशैभरका स्थानीय तहहरुले आफ्नो विशिष्टतामा पर्यावरण जोगाउने काम गर्न सक्छन् । यो सम्भव छ ।
ग्लोबल वार्मिङको कारण जलवायु परिवर्तन बढेको छ । यसको प्रत्यक्ष असर देखिन थालेको विज्ञहरुले बताउने गरेका छन् । हामीले भने थाहा नपाए जस्तो गरिरहेका छौं । हामी बेलैमा सचेत भएर त्यसबाट हुने क्षति रोक्नु पर्छ । म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुख हुँ । हामीले यस सम्बन्धमा पर्याप्त सचेतना गरिरहेका छौ. । नगरको हरियालीमा जोड दिएका छौं । वृक्षारोपण गर्न आह्वान गरेका छौं । हामी चेतनशील प्राणी हौं । यो पृथ्वीको रक्षा हाम्रो जिम्मा हो । लाखौं प्रजातिका जीवजन्तु र वनस्पतिको सुरक्षा हामीले नै गर्नुपर्छ । यसको लागि विश्वभरका मान्छेहरुले सामुहिक प्रयत्न गर्नुपर्छ । प्रत्येक देशले ग्लोबल वार्मिङ रोक्न बजेट छुट्टाउनु पर्दछ । सोही बमोजिमका गतिविधिहरु पनि गर्नुपर्दछ ।
शक्तिशाली देशहरुले धनी र शक्तिशाली हुने नाममा अत्याधिक हरिगृह ग्यासको उत्सर्जन गरिरहेका छन् । उनीहरु नै ग्लोबल वार्मिङका मुख्य जिम्मेवार हुन । यो पृथ्वी जोगाउने मुख्य जिम्मेवारी उनीहरुकै हो । तर, उनीहरुकै कारण पृथ्वी संकटमा पर्दै गएको छ । यस सम्बन्धमा भदौ २१ गते नेपालमा समृद्धि अभियानले जागरण पैदा गर्न काठमाडौंमा सार्वजनिक बहस कार्यक्रम गर्न लागेको सुन्दा खुसी लागेको छ । यो धेरै महत्वपूर्ण प्रयास हो । राज्य र गैरराज्य दुवै पक्षबाट ग्लोबल वार्मिङ र जलवाय परिवर्तन न्यूनीकरण सम्बन्धमा कार्य गर्नु पर्दछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पर्यावरण जोगाउने अभियानमा छ । नेपाल सरकार र स्थानीय सरकार मिलेर नेपालमा ग्लोबल वार्मिङको असर घटाउन सकिन्छ । नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्टिय स्तरमा पहल गर्नुपर्छ । स्थानीय सरकारले समुदायसँग मिलेर काम गर्नुपर्छ ।
(नगरप्रमुख तीर्थराज भट्टराईसँग गरिएको कुराकानीमा आधारित विचार)