विक्रम पाण्डे क्षेत्री
जलवायु परिवर्तनको हिसाबले नेपाल विश्वमा चौथो नम्बरमा पर्दछ । नेपाल जलस्रोतको हिसाबले विश्वको दोस्रो धनी देश भनिन्छ । जलस्रोत पर्याप्त भएपनि यसको प्रयोग सही ढङ्गले गर्न सकिएको छैन । यसको प्रयोग गर्न सकिएमा देशको आर्थिका विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनले नेपालको चुरेक्षेत्र लगायतका स्थानमा पानिको मुहान सक्न थालेका छन् । त्यसको लागि चुरे दोहन रोक्न सक्नु पर्दछ । त्यसैगरी हिमनदीहरु पनि पग्लिन थालेका छन् । त्यसको कारण क्षति बढ्न थालेको छ । बाढी पहिरो बढेको छ ।
कृषि उत्पादनमा ह्रास भएको छ । पृथ्वीको तापक्रम निरन्तर बढ्दै जाँदा ठूला सङ्कटको सामना गर्नुपर्ने स्थिति पैदा भएको छ । कार्बन डाइअक्साइड लगायतका हरितगृह ग्यास उत्पादन अत्याधिक हुँदा यसको प्रत्यक्ष असर नेपाललाई परेको छ । यसलाई नियन्त्रण गर्न सक्नु पर्दछ । पृथ्वीको तापक्रम नियन्त्रणका उपाय खोज्नु पर्दछ । वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिनुपर्छ । कोइला लगायतका जिवाष्मा इन्धनको प्रयोग घटाउनु पर्दछ । नेपालले यसमा पर्याप्त ध्यान नदिएका कारण आज समस्या बढ्दै गएको छ । मानवीय जीवन संकटमा पर्दै गएको छ । वनजङ्गल झनै बढाउनु पर्दछ । भूमाफियाहरुलाई कडा कारबाही गर्नु पर्दछ ।
नेपाल प्राकृति स्रोतमा सम्पन्न देश हो । यस संरक्षण गर्नुपर्छ । सरकार र जनता मिलेर समस्यासँग जुध्नु पर्छ । नेपाल विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा भएको देश हो । त्यसैगरी हिमाल, पहाड र तराईको संगम भएको अत्यन्तै सुन्दर देश हो । यो देश आज ग्लोबल वार्मिङको कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । हिमालमा हिउँ पर्ने मात्रा घटिरहेको विज्ञहरुले बताउने गरेका छन् । अत्याधिक कार्वनडाइअक्साइड उत्सर्जन हुँदा ग्लोबल वार्मिङ बढिरहेको छ । हरितगृह ग्यास उत्सर्जनलाई बेलैमा नियन्त्रण गर्न सकिएन भएन यसले आगामी दिनमा ठूलो संकट पैदा गर्नेछ । हिमालका देश र समुन्द्रका देशहरु अत्याधिक प्रभावित भएका छन् ।
आगामी दिनमा ती देशहरु नै बढी जोखिममा पर्नेछन् । नेपाल अत्याधिक जोखिममा पर्ने देश हो । त्यसैले नेपाल यस विषयमा बढी गम्भिर हुनुपर्छ । नियन्त्रण र न्यूनिकरणका उपायहरु खोजिहाल्नुपर्छ । नेपाल हरितगृह ग्यास न्यून उत्सर्जन गर्ने देश हो । तर, ग्लोबल वार्मिङको सबैभन्दा बढी प्रभावित देश पनि हो । हिमालको हिउँ तिब्र गतिमा पग्लिरहेका छ । हिमनदीहरु तिब्र गतिमा पग्लिरहेका छन् । ठूला ठूला प्राकृतिक प्रकोपको सामना नेपालले गर्न थालिसकेको छ । भोलिका दिनमा नेपालले धेरै ठूलो क्षति व्यहोर्नु पर्ने देखिन्छ । नेपाल ग्लोबल वार्मिङको कारक होइन । तर, मार बढी खेप्नु पर्ने ? यो प्रश्नको जवाफ चाँडै खोज्नु पर्छ । विश्वका शक्ति सम्पन्न देशहरु शक्तिको दौडमा छन् ।
पावर प्लान्ट, औद्योगिकीकरण उनीहरले नै गरेका छन् । हरितगृह ग्यासको अत्याधिक उत्सर्जन गरिरहेका छन् । हामीले के गर्ने भन्ने कुरा धेरै महत्वपूर्ण छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा यस सम्बन्धी कुरा उठाउन सक्नुपर्छ । क्षतिको क्षतिपूर्तिको लागि पहल गर्नु पर्छ । अत्यधिक हरितगृह ग्यास उत्सर्जन गरेका देशहरुलाई रोक्न दबाब दिन पनि सक्नुपर्छ । उनीहरुकै कारण आज पृथ्वी संकटमा परेको छ । शक्तिको होडबाजी होइन कि पृथ्वी जोगाउन जोड दिनुपर्छ । आजकै दरमा पृथ्वीको तापक्रम बढ्दै जाने हो भने आगामी एक शताब्दीमा पृथ्वी बस्न योग्य नहुने वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् । नेपालले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तहमा व्यापक जागरण पैदा गरेर न्यूनिकरणको उपाय खोज्नमा ध्यान दिनुपर्छ ।