विष्णुप्रसाद भट्टराई
पर्यावरणमा कार्वन डाईअक्साइडको मात्रा वृद्धि भएपछि पृथ्वीको सतहमा निरन्तर तापक्रम बढ्नुलाई नै भूमण्डलीय उष्णीकरण ( ग्लोबल वार्मिङ्ग ) भनिन्छ ।
यसका मुख्य कारणहरू
१. वन जंगल विनाश २. धर्तीको उत्खनन
बिभिन्न जीव जीवात्मा समेत मानव जीवन बासस्थानको लागि उपयुक्त प्रकृतिको देन भएको ब्रह्माण्डको एक मात्र ग्रह पृथ्वी हो । यहि पृथ्वीमा मानव विकासको चरम उत्कर्ष र जनघनत्वको उच्च चापले शहरकरणको वृद्धि भई औद्योगिकीकरणको उच्चतम प्रयोगले विषालु ग्यास उत्पन्न हुनु, वन जंगल विनाश हुनु, धर्तीको प्रत्येक स्थानमा तेल, ग्यास, ढुङ्गा, बालुवा तथा विभिन्न खनिज पदार्थको अत्यधिक उत्खनन् भई प्रकृतिको दोहन हुनु नै भूमण्डलीय उष्णीकरणको मुख्य आधार हो ।
हरितगृह ग्यासको अत्यधिक वृद्धिले गर्दा तापक्रमको वृद्धि हुनुलाई नै विश्व उष्णीकरण भनिन्छ । प्रकृतिको दोहन गर्नाले पृथ्वीको तापक्रम बर्ष दिनको अवधिमै १.०५ डिग्री सेल्सियसले बढेको छ । बढ्ने क्रम जारी छ । यसले बरफको मात्रा कम हुने र समुन्द्रको सतह बढ्नुका साथै समुन्द्रको तातोपनले कहिँ अत्यधिक वर्षा, कहिँ अत्यधिक सुख्खा हुने क्रम दिन दोगुणा रात चौगुणा भएर बढी रहेको छ ।
औद्योगिक राष्ट्रले यसरी जलवायु नै परिवर्तन हुने गरि हरितगृह ग्यासको प्रयोग गर्दा नेपाल जस्तो अल्प विकसित राष्ट्रलाई बढी खतरा उत्पन्न भएको छ । प्रकृतिको दोहन गरेर नाफा कमाउने चाहिँ ठूला औद्योगिक देश तर मारमा पर्ने चाहिँ नेपाल र यस्तै साना र अल्प विकसित देश भएकाले यसलाई पुनःस्थापन गर्न औद्योगिक राष्ट्रको नै प्रमुख जिम्मेवारी हो । वन जंगलले हराभरा धर्ती ले सूर्यको ताप, हावा र पानीलाई स्वच्छ बनाउदा नै ग्लोबल वार्मिङ्ग बाट पृथ्वी बासीलाई मुक्ति मिल्दछ ।