परिवर्तन भट्टराई ‘कृति’, (संयोजक, नेपालमा समृद्धि अभियान)
नेपाल हिन्दू–कुश पर्वतमाला अन्तर्गत बीच भागमा अवस्थित देश हो । यसको बारेमा लेख्दैछु । किन ? भदौ २१ गते ‘वैश्चिक तापमान, जलवायु परिवर्तन र नेपालमा समस्या’ विषयमा सार्वजनिक बहस कार्यक्रम ‘मैले भन्नु छ !’ सञ्चालन गर्दैछौं । उक्त बहस कार्यक्रममा हिन्दू–कुश पर्वतमालालाई जोड्न जरुरी छ । सबैभन्दा पहिले हिन्दू–कुश पर्वतमाला भनेको के हो ? यसको बारेमा जानकारी हुन जरुरी छ । यो पश्चिममा अफगानिस्तानबाट शुरु भएर पूर्वमा म्यानमारसम्म फैलिएको हिमशृङ्खला हो । यस अन्तर्गत अफगानिस्तान, पाकिस्तान, भारत, चीन, नेपाल, भुटान र म्यानमार देशहरु पर्दछन् । यो क्षेत्रलाई पृथ्वीको तेस्रो ध्रुवपनि भनिन्छ । किनकि उत्तरी ध्रुवमा रहेको आर्कटिक महासागर र दक्षिणी ध्रुवमा अवस्थित अन्टार्कटिका महादेशपछिको सबैभन्दा धेरै हिउँ भण्डार भएको क्षेत्र हो । यस क्षेत्रमा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा रहेको छ । हामी त्यही सगरमाथा भएको देशको जनता हौँ । ग्लोबल वार्मिङ अर्थात् वैश्चिक तापमान वृद्धिका कारण यो क्षेत्र संकटमा परेको छ ।
यस लेखमा हिन्दू–कुश हिमालय र अन्तर्गतका प्रमुख नदीहरुलाई समेट्ने प्रयत्न गरेको छु । अन्य क्षेत्रलाई अर्कै लेखमा समेट्ने प्रयत्न गर्नेछु । हिन्दू–कुश पर्वतमाला विश्वको तेस्रो ध्रुव हो । यसले ३.५ मिलियन वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । यो क्षेत्र नदीहरुको स्रोत क्षेत्र हो । यहाँबाट साना ठूला धेरै नदीहरु उत्पत्ति भएका छन् । सिन्धु, गंगा, ब्रम्हपुत्र, याङ्ग्जे, मेकोङ, सल्विन जस्ता प्रमुख नदीहरुको उद्गमस्थल यही हिमशृङ्खला हो । सिन्धु नदी चीनको तीब्बतबाट शुरु भएर भारत र पाकिस्तान हुँदै बग्छ । गंगा नदी भारतहुँदै बंगालको खाडीसम्म पुग्छ । ब्रम्हपुत्र चीन, भारत र बंगलादेश हुँदै बग्छ । सल्विन चीन, म्यानमार, थाइल्याण्ड हुँदै बग्छ । मेकोङ चीनको तिब्बत, म्यानमार, लाओस, थाइल्याण्ड, कम्बोडिया र भियतनाम हुँदै बग्छ । याङ्ग्जे तिब्बतबाट शुरु भएर चीनको विभिन्न भागहुँदै बग्छ । यो चीनको सबैभन्दा लामो नदी हो ।
हिन्दू–कुश क्षेत्रबाट उद्गम भएका यी नदीहरु मात्रै नदीहरु होइनन् । यो यस क्षेत्रमा रहेका करोडौं मान्छेको जीवनरेखा हुन् । विश्वको तापमान आजसम्म १.१ प्रतिशत वृद्धि भइसकेको विभिन्न रिपोर्टहरु प्रकाशित छन् । यस शताब्दीको अन्त्यसम्ममा पृथ्वी धेरैनै तातिसकेको हुनेछ । ग्लोबल वार्मिङ झनै तीब्र गतिमा बढ्ने बैज्ञानिकहरु बताउँछन् । ग्लोबल वार्मिङलाई नियन्त्रण नगर्ने हो भने हिन्दू–कुश क्षेत्रको हिउँ पग्लिएर सिद्धिनेछ । यस शताब्दीको अन्त्यसम्म ७० प्रतिशत हिउँ सिद्धिनेछ । यसलाई आधार मान्ने हो भने हालत के होला ? हिमाल र हिमाललाई उद्गमस्थल बनाएका सबै नदीहरु सुक्नेछन् । यस क्षेत्र पूर्ण रुपमा मरुभूमिकरण हुनेछ । यो कुनै कल्पना होइन । कुनै भविष्यवाणी पनि होइन । तथ्यका आधारमा वैज्ञानिकहरुले भनेका हुन । ग्लोबल वार्मिङको कारण हिन्दू–कुश क्षेत्रको हिउँ सकिनेछ । विश्व ठूलो संकटमा फस्नेछ । भदौ २१ गतेको सार्वजनिक बहसमा यस विषयमा बोल्न चाहने महानुभावहरुले पर्याप्त तयारी गर्न अनुरोध छ ।
(हिन्दू–कुश पर्वतमाला र यस अन्तर्गतका नदी आधारित विषयहरुलाई मात्रै समेटिएको छ)