रमेश खड्का
विश्वको बढ्दो तापक्रम (Global Warming ) र जलवायु परिवर्तन (Climate Change ) ले हाम्रो देशलाई पनि ठूलो प्रभाव पारेको छ ।
(क) परिभाषित दृष्टिकोण
विश्वको तापक्रममा बृद्धि (Globle Warming) पृथ्वीको सतह र वायुमवण्डलको तापक्रम क्रमिक रुपमा बढ्दै जानु । अनि मानिसहरुको गतिविधिहरुबाट उत्सर्जित ग्रीनहाउस ग्याँसहरु उत्पादन हुनु । जस्तै– Carbon dioxide, Methane and Nitrusoxide जस्ता ग्याँसहरु उत्पादन गर्छ । जसको कारण पृथ्वीको सतह र वायुमण्डलको तापक्रम अस्वभाविक रुपमा वृद्धि गराउँछ ।
(ख) जलवायु परिवर्तन (Climate Change )
हुनुपर्नेभन्दा फरक, अस्वभाविक र दिर्घकालिन रुपमा पृथ्वीमा मौसम, यसको अवस्था र रुपमा परिवर्तन भैरहने प्रक्रिया । अनावस्यक तापक्रम बढनु, अस्वभाविक चिसोपन बढ्नु, हिउँ पग्लिनु, अस्वभाविक आँधि–हुरी आउनु, एक्कासि बादल च्यातिएर समुन्द्रिक रुपको पानीको वर्षा हुनु, जस्ता प्रभावहरु Global warming का कारण Climate Change मा पर्न जान्छन् ।
कारणहरु
(१) विभिन्न आणविक भट्टी उत्पादन, वम वारुद, तोप, मिसाईल, ईन्धन कोईला र पेट्रोलियम पदार्थमा उत्पादन र अनावस्यक प्रयोग ।
(२) बिभिन्न कलकारखाना, गाडीको दुवाँ, धुलो उत्पादन ।
(३) वन तथा जङ्गलको विनास्, डढेला लाउनु, र डँढेलोको धुवाँ, कृषीजन्य पदार्थमा अनावश्यक रसायनिक मलको प्रयोग ।
(४)अनावश्यक डोजरे विकास, पहाड फुटाउनु, नदीका ढुङ्गा, बालुवा र गिटी निकाल्नु । ज्वालामुखी विस्फोट हुनु ।
(ग) पार्ने असर तथा प्रभावहरु
(१) विभिन्न पसुपंक्षीहरुको बाँच्ने आधारहरु नस्ट भइ प्रकृतिको ईकोसिस्टमलाई नै भारी प्रभाव पार्दछ ।
(२) विभिन्न जैविक विविधतामा सङ्कट पर्नजान्छन् ।
(३) विभिन्न रोगहरु सृजित भइ धन र जनको क्षति हुन्छन् । यसले देशको आर्थिक समृद्धिमा निकै ठुलो प्रभाव पार्दछ ।
(४) हिमाल लगायत विभिन्न ग्लोसियर पग्लिएर पानीको श्रोतमा सङ्कट आउनु ।
(५) कृषीजन्य पदार्थ उत्पादनमा समस्या र बाधाहरु उत्पन्न हुन्छन् भने विभिन्न आपतकालिन प्राकृतिक विपदजस्ता समस्याहरु Global Warming का कारण हुने गर्दछनर् ।
(घ) समाधानहरु
विभिन्न आणविक भट्टी उत्पादनमा रोक, अन्तर्राष्ट्रिय स्तरको युद्धमा रोक, पाखा/ पहाड भत्काउन रोक, नदीजन्य स्थानमा उत्खननमा रोक, वनजङ्गल फँडानीमा रोक, वृक्षारोपण गर्ने, जङ्गलमा आगो नलगाउने, रसायनिक मल कम प्रयोग गर्ने, कोइला, ईन्धनको प्रयोग कम गर्ने, पानीको श्रोत नभत्काउने, हिमालमा फोहोर नगर्ने, आफु बसेको वरिपरिको वातावरण सफा राख्ने । फोहोरजन्य पदार्थ उचित व्यवस्थापन गर्ने । खोला तथा नदीमा फोहोर नगर्ने आदि ।