हर्क बहादुर योङ्हाङ लिम्बु
विश्वको तापक्रम वृद्धि र जलवायु (मौसम) परिवर्तनको असरले नेपाल पनि अछुतो रहन सक्दैन । त्यसकारण नेपाल मात्र नभई हरेक धनी तथा गरिब देशहरुले आ–आफ्नो भौगोलिक परिवेश अनुसारको वैज्ञानिक एवम अध्यात्मिक रोकथामको उपायको अन्वेषण, खोज–अनुसन्धानत्मक पहल गर्नु पर्दछ ।
जलवायु परिवर्तनका कारकतत्वहरु के हुन सक्छन् त ? निदान गर्न हिमाल, पहाड र तराईको भौगोलिक भुखण्डको आधारश्रोत मानेर गोधुलीजल, भुक्षयथलको ‘इको–सिन्सिटिभ–जोन’ बनाई हिमपात, हिमताल र हिमनदी रोकथाम गर्न विकासको नाममा विनास हुने गरी जताततै प्राकृतिक र प्राकृतिक संवेदनशिलता भई रहेका, बसेका पहाडका ढलान (पर्खाल)हरु नभत्काउनमा जोड दिदै नछुन जनचेतना फैल्याउनु पर्दछ ।
जलश्रोतका मुहानहरु सुक्न नदिन
मुल वरीपरी बाँस, कोला सेपि रुख
बिरुवा रोप्ने त्यसो गर्दा पहिरो जान
रोकथाम हुन्छ । जहाँ विभिन्न मानव
लगायत पृथ्वीका लगभग चौरासी
लाख जीव–जन्तु,कीरा भ्याङ्ग्राहरु
पशुपंक्षी–चरा–चुरुङ्गी धर्तिका पुरक
जलवायु परिवर्तन रोकथामको मुल
श्रोतहरु हुन भनेर मान्नु पर्दछ ।
विश्व शक्ति सम्पन्न राष्ट्रहरुद्धारा जो
आणविक हतियारहरु बनाई राखेका
छन,जुन हतियार जलवायु परिवर्तन
हुनुका कारण बनेको हुन सक्छ । यो
वास्तवमा विश्व मानवका लागि शुभ
संकेत पक्कै पनि होईन ।
विश्वका देशहरु ‘त वीर कि म वीर’ भनेर पहिचानिक शक्तिहरु देखाउने होडबाजीले गर्दा बुझेर पनि बुझ पचाई प्राकृतिक तथा अप्राकृतिक रुपले पृथ्वीलाई नै ध्वस्त बनाउन सक्ने आणविक साना–ठुला हात–हतियारहरु बनाएर एक–अर्कालाई सिध्याउन तयारी अवस्थामा बसेका छन । वास्तवमा यो विश्व मानवहरुको लागि कुनै पनि हालतमा शुभसंकेत होईन । हामी अन्वेषकर्ताले जलवायु–परिवर्तनलाई दुई शीर्षक (अध्यात्मिकता,वैज्ञानिकता) मा राखेर व्याख्या–विश्लेषण गर्दा सान्दर्भिक हुन सक्छ कि ।
विश्व–अध्यात्मक विज्ञानको गुरु हुनसक्छ, किनकि उवेला देखि मुन्धुम–दर्शनले जेजस्तो व्याख्या–विश्लेषण गर्दै आएको भनाई पछिल्लो समय यता क्रमश विज्ञानले सत्यलाई तथ्य प्रमाणित गर्दै लगेको देखिन्छ । जस्तो पृथ्वी गोलो छ भन्ने वैज्ञानिक मारिए पृथ्वी लगायत अन्य ग्रहहरु आपसमा घुम्छ भन्दा कारवाहीमा परेको इतिहासहरु तपाईं हामी पढ्दै सुन्दै आएका छौ, जसको कारणले अध्यात्मक पक्षलाई टोटली इन्कार गर्न मिल्दैन होला सायद जलवायु परिवर्तन हुनुमा ।
आधुनिकता वा आवश्यकता भन्दा बढी बिकासको नाममा प्रकृतिलाई विनास गरे, वलत्कार अनि दोहन मान्छेले जो कारणले गोधुली–पिध भत्की जलथल उथल–पुथल हुन थाल्यो, हिमालहरु उजाड भए, मौसम–बेमौसम परिवर्तन देखा पर्न थाल्यो जसले गर्दा जल–थल जीव–जन्तुको दिनचार्य बसाई–सराई परिवर्तन हुन थाल्यो यसको कारकतत्व मान्छेको चरित्र कै कारणले भएको हो, जलवायु परिवर्तन ।