श्रीराम खाइजु (केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र)
भक्तपुरको राजनीतिमा निर्मल कुमार भट्टरार्ई परिचित नाम हो । अझ २०४६ को आन्दोलन पछि भक्तपुरमा एमालेको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका भटराई गुण्डूका बस्नेत काजीको छायाँमा परेका बौद्धिक नेता मानिन्छ । योगदान र भूमिकाको भारी हुँदा हुँदै आफ्नै अस्थिर सोच र चिन्तन तथा ब्यवहार पद्धतिको कारणले छायाँमा परेको भन्नेहरू पनि छन् । यद्यपी यो उनको ब्यक्तिगत सवाल हो, यसमा समय र सामथ्र्य नखर्चिउँ, बरु मिति २०८२–०४–१४ गते बुधवारको दिनमा प्राप्त “प्रचण्डको भुत्ते तीर …” शिर्षकको लेख र त्यसको टिप्पणीमा ध्यान दिउँ ।
लेखको प्रारम्भमा उनी लेख्छन् “सात बुँदे सहमतिमार्फत नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि यसको निरन्तरतामा केही नेताले सुरुदेखि नै प्रश्न उठाएका थिए, सरकार आजै ढल्छ, भोलि ढल्छ, सुन्दा सुन्दा नेपाली जनताका कान टट्टाएका थिए तर सरकार टसको मस भएन । खास गरी माओवादी सुप्रिमो प्रचण्डको ‘सरकार ढाल्ने’ खेतिपातीले खासै फसल नदिएपछि उनी केही समय एमालेलाई कमजोर बनाउन ‘बिद्या तीर’ अर्जाप्न ब्यस्त रहे !” यसमा पहिलो कुरा क.प्रचण्डले कहिँ कतै सरकार ढाल्छु भन्दै ग्रुपिङ्ग गरेका छैनन्÷गर्दैनन् किनकि क. प्रचण्डमा सत्तामोह होइन, लोकतन्त्र र जनाधिकार संस्थागत गर्न जनतालाई जनताको अधिकार चिनाउने कार्यनीतिको मोह सवैभन्दा प्रवल आवश्यकता सम्झन्छ ।
त्यसैले क. प्रचण्लेले कहिँ कतै पनि सरकार ढाल्ने कुरा गरेका छैनन् बरु ठाउँ ठाउँमा “काँग्रेस र एमालेको लोभि पापी सरकार हाम्रो कारणले होइन, आफ्नै कारणले ढल्न सक्छ, हामी चहान्छौं यो सरकार ०८४ सम्मै टिकोस् !” भनेका छन् । तर “चोरको खुट्टा काट !” भन्दा केपी सरकार वा उनका आसेपासेहरूले किन खुट्टा उचालेका हुन् ? बीचारणीय छ । हुन त प्रचण्डले भनेझैं यो सरकार बनेको धरातल नै असंवैधानिक छ, भ्रष्ट तस्कर माफिया जोगाउने प्रपञ्चसँग जोडिएको छ, त्यसैले सात बुँदे सहमतिमा के के छ ? आजसम्म सार्वजनिक गर्न सकेका छैनन् । सरकारी भजन गनउने काँग्रेस एमालेजन समेत अनभिज्ञ छन् । यस्तो कमजोर धरातलमा टेकेको सरकार आफ्नै छायाँसँग नतर्सी के गरोस् बिचरा ?
अर्को ठाउँमा उनी लेख्छन्, “नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेको लोकप्रियतालाई दमन गर्न बाह्यशक्तिको इसारामा माओवादी कुलो खनिएको रहेछ भन्ने कुरा माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला ह्वात्त बढेको विदेशी चलखेल र देशको सार्वभौमिकता अखण्डतामाथि आघात पर्ने कार्यले प्रस्ट पारेको छ ।” उनको दावी गर्छन् “एमालेकालमा सन्तुलित कुटनीति अपनाएको तर प्रचण्डकालमा त्यागेको !”
यसलाई पनि दुई पक्षवाट हेरौं … कम्युनिष्ट आन्दोलनमा मूलप्रवाह केलाई मान्ने ? विचारलाई मान्ने कि ? सिद्धान्तलाई मान्ने कि ? राणनीति कार्यनीति सहितको योजना कार्यक्रमलाई मान्ने ? वा फगत टाउको गन्ने प्रकृतिको संगठनलाई मान्ने ? ठूलो हुँदैमा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह मान्ने हो भने काँग्रेसलाई नै कम्युनिष्ट आन्दोलनको मूलप्रवाह माने भइगो … किनकि ००७ साल पछि नेपाली काँग्रेस एकाध पटक बाहेक सँधै ठूलो सावित हुँदै आएको छ ।
यदि समाजवादी दृष्टिकोण सहितको राजनीतिक सिद्धान्त, नीति, योजना कार्यक्रमलाई मान्ने हो भने २०४६÷०४७ को आन्दोलनमा एमालेले आफ्नो नीतिगत नेतृत्वदायी भूमिका दावी गर्न सक्छन् ? सक्दैन …। ०६२÷०६३ को आन्दोलनमा आफ्नो नीतिगत अवधारणाको स्वमित्व ग्रहण गर्न सक्छन् ? जवकि लोकतान्त्रिक आन्दोलनमा केपी शर्मा ओली बयलगाडाको सिद्धान्त बक्दै जनआन्दोलनलाई जिस्क्याउँदै थिए । अनि कुनै आन्दोलनको स्वामित्व ग्रहण गर्न सक्दैन, राजनीतिक निकाशको छेउ टुप्पो थाहा छैन अनि मूल प्रवाहको दावी कुन मुखले गर्न सकेको ? के आकार ठूलो हुँदैमा उपयोगी हुन्छ ?
के एमाले वा केपी शर्मा ओलीको कुनै गतिविधि समाजवादी राजनीतिक अभिष्टसँग थोरै मात्र पनि जोडिएको छ ? छतिमा हात राखेर सोचौं जाति जनजाति सवैलाई राज्यको हरेक निकायमा समान अवसर प्रदान गर्ने समानुपातिक समावेसी राज्य ब्यवस्थाको बिरुद्ध सँधै प्रपञ्च किन गरिरहन्छ ? जाति, भाषा, कला, सँस्कृति, बर्ग क्षेत्र, लिंग आदिलाई समान अवसर प्रदान गराउने धर्मनिरपेक्षता, संघीयताको विरुद्ध प्रपञ्च किन गरिरहन्छ ? के देशका हरेक नागरिकलाई राज्यको पाहुँचमा पु¥याउने नीतिको विरोध गर्नु समाजवादको पक्ष लिनु हो ? होइन भने कम्युनिष्ट आन्दोलनको मूल प्रवाह कसरी भयो ?
उनको उक्तिको दोश्रो पक्षमा ध्यान दिउँ ..! के जनयुद्ध बिदेशी इसारामा एमाले दवाउनकै निम्ति भएको हो त ? के जाति जनजातिलाई अधिकार दिँदा एमाले दब्छ ? देशवाट सामन्ती शोषण अन्याय अत्याचारको अन्त्य गर्दा एमाले लाई शकस पर्छ ? देशको पूँजी देशमै उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै देशकै श्रम, श्रोत र बजारको माग गर्दा एमालेको सात्तो जान्छ ? शिक्षा स्वास्थ र रोजगार जस्तो सम्वेदनशील क्षेत्रमा स्वाधिन र सिर्जनशील बन्ने अनेकौं उपाय अपनाउँदा बिदेशीको इसारा मानिन्छ ? के बुझ्या एमालेजनले ? यदि माओवादीले अपनाएको उक्त नीतिहरू अपनाउँदा एमालेको सात्तो जान्छ भने बिदेशी एजेन्ट को हो ? भन्ने प्रश्ट भएन ?
त्यसैमा उनले थपेका छन्, प्रचण्ड सरकारको पालामा बिदेशी चलखेल ह्वात्तै बढ्यो रे … के धार्मीक, साँस्कृतिक र पर्यावरणीय पर्यटनको त्रिभूजको सहमति गरेर आउनु बिदेशी सक्रिय बन्नु हो ? उर्जा उपयोग र आपसी सर सहयोग सम्वन्धि भएका सहमतिहरू देशहितमा छैनन् ? जसले आगामी १० वर्ष भित्रमा १० हजार मेघावाट बिजुली भारत र बंगालादेशसम्म ब्यापार गर्न सक्ने सम्झौता गरेर आएका थिए । के त्यो देश डुवाउने सम्झौता थियो ? यातायात र कनेक्टिभिटी अन्तर्गत इन्टरगेटेड चेक्पोष्ट, रेलवे जडान तथा जयनगर कुर्था रेलवे लाईनको सम्झौता जस्ता महत्वपूर्ण उपलब्धिलाई बिदेशी चलखेल ह्वात्तै बढयो भन्नु कतिको जायज हुन्छ ?
यदि देशहितमा हुने यस्ता सयौं अवधारणाहरूलाई बिदेशी चलखेल भन्ने हो ने देशको उद्योग कल कार्खाना कमिसनकै लोभमा बिदेशीलाई बेच्नुलाई के भन्ने ? ठूला ठूला भ्रष्टाचार गर्दै तस्कर माफिया र कालावजारीयालाई जोगाउँदै बिदेशी बजारको पाउमा नेपाली बजार आस्रीत गराउनुलाई के भन्ने ? के यो केपीको पालामा एस.डि मुन्नी, के आर मल्कानी लगायत ‘रअ’ का जासुसहरूसँग अवैध सम्वन्ध गाँसेर मात्र नपुगेर भारतीय सेनाध्यक्ष नरबाँडेलाई मानार्थ सेनापति घोषणा गर्नु, बिनयसिं क्वात्रालाई रातको १२ बजे संसारभरको कुटनीतिक मर्यादा समेत उन्लंघन गरेर खोपीमै बोलाउनु भन्दा पनि ठूलो अपराध हो ? के हो राष्ट्रियता प्रतिको एमालेको बुझाई ? के राष्ट्रियताको उच्चारण नेपाली जनतालाई अधिकारसम्पन्न बनाउन गरिन्छ किः भारतीय कालावजारीयाहरूको स्थाई नोकर र दाश बनाउनको निम्ति गरिन्छ ?
अझ उनी आरोप ओइ¥याउँछन् ‘एमालेले अपनाएको सन्तुलित त्रिदेशीय कुटनीति नअपनाएको’ रे …। ….लाई भन्दा देख्नेलाई लाज ! जसले नेपाली जनतामा भ्रमको खेति सपार्न नक्कली राष्ट्रवादको गुड्डी हाँक्छ तर दुइवर्षदेखि लिपुलेक हुँदै मानसरोवर जाने बाटो खनिरहेको देख्दैन । उनी लगायत ‘देशबेचुवा राष्ट्रवादीहरू’ले संधै राष्ट्रघाति वा ‘भारुराम’ को आरो लाउँदै आएको डा.बाबुराम भट्टराईले कुरा उठाएपछि बाबुराम भन्दा क्रान्तिकारी, राष्ट्रवादी देखिन संसदमा अनेक सांसदहरूले नक्साको कुरा निकाले तत्काल प्रमको तर्फवाट “केको चुच्चे नक्साको कुरा ? हामी जमिन नै ल्याउँछौं नि !” भने भने उनकै भूमि ब्यवस्थापन मन्त्री पद्मा कुमारी अर्यालले “२०० वर्षको इतिहासमै मैले नेपालको नक्सामा चुच्चा नदेखेको !” दावी गर्दै साँसदहरूको हुर्मत लिए ।
संसदहरूको आवेग थाम्न नसकेपछि मन नलागी नलागी चुच्चे नक्सा ल्याए । तर आफ्नो बहादुरीको बखान चुच्चे नक्सामा टाँस्न कहिँ कतै बाँकी राखेनन् । डा. बाबुराम भट्टराईको शब्द सापटी लिँदा ‘निदुलि बाहुन’ पाराले राष्ट्रवादी बनेका नक्कली राष्ट्रवादको ढोंग बाहेक क्यै गर्न नजानेका महाकाली बेचुवाले अन्तराष्ट्रिय जगतमा बोल्न ताकत र हिम्मत हिुने सवालै भएन । त्यसैले मालिकसंग खसोखस ‘माफि माग्न’ नरवाँडेलाई मानार्थ प्रधानसेनापतिको फुलि लगाएर पठाए, अझै चित्त नबुझेर बिनयसिँ क्वात्रालाई खोपीमा बोलाएर “चोमुलोङ्गमा से गंगा तक अपका हि तो है….!” भनेर पठाए । केहि दिनमा जि न्यूजका पत्रकारलाई बोलाएर आफ्नै पैसाले हेलिकप्टर चार्टर गरेर कालापत्थरसम्म अवलोकन गर्न पठाए । उनको सन्तुलित कुटनीति भनेको यही होइन ? कि यो भन्दा बेसी भनौ ? चाइनाको पनि चाहिन्छ कि ?
उनले अर्को ठाउँमा लेखेका छन्ः … “सुरुमा कुलो आकारमा रहेको यो घटक १० वर्षमा माओवादी बाढीमा परिणत भयो । यस्तो लाग्थ्यो, यो बाढी नदीमा परिणत हुँदै समाजवादी समुद्रसम्म पुग्दछ । तर त्यसो भएन । त्रमशः बाढी सुक्यो, कुलो सरह सुक्यो, सुकिरहेछ ।” फेरी अर्को ठाउँमा लेख्छन् “आरोह अवरोहको बीच नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले आपूmलाई समाजवादी समुद्रमा पुग्ने स्पस्ट मिसन बोकेर साम्राज्यवादी प्रतिकृयावादी चट्टानसँग जुध्दै अगाडि बढेको !” उद्घोष गरेका छन् । अन्तमा उनले भनेका छन्, “कुलोको गन्तब्य केवल कसैको खेतवारीसम्मको लागि मात्र हुन्छ !”
यसमा पनि केही आयामहरूको पटाक्षेप गरौं । सवैलाई थाहा छ, जुगा, किर्णा, जुम्रा जस्ता परजिवीहरू त्यस्तै परिस्थिति आएमा लामो समय भोकै पनि बाँच्न सक्छन् । तर आफ्नै पौरखमा बाँच्ने, सिर्जना प्रयोग गर्ने अनेकौं जीवहरू सानो होस् वा ठूलो लामो समय भोकै बाँच्दैनन् । अर्थात् लामो समय भोकै बाँच्यो भन्दैमा जुका किर्णा वा जुम्राको तुलनामा अन्य श्रमसिल प्राणीको औचित्यलाई न्यूनिकरण गर्न मिल्दैन । त्यस्तै वातावरण मिलेको बेलामा माओवादी ठूलो बन्यो वातावरण नमिलेको बेलामा सानो बन्यो तर सानो बनेपनि देश माओवादीकै नीति कार्यनीतिमा हिँडेको छ, सानो बनेपनि उनैको नीति कार्यनीतिमा हिँडेको छ । भलै माओवादीले अपनाएका हजारौं देश र जनता जोगाउने कार्यक्रमहरू माओवादी कमजोर बनेको अवस्थामा अपभ्रंश नै किन नगरोस् ! लोकतन्त्रको मूल मर्मवाट उनीहरू च्यूत हुन सक्दैनन् र सकेका छैनन् ।
त्यस्तै उनले भनेझैं समाजवादी समुद्रमा एमाले बाहेक अरु पुग्न सक्छ कि सक्दैन भन्ने सवालमा यदाकदा जुम्राहरू संसदमा पनि पुग्दो हो, जुकाहरू बैठक कोठामा पनि पुग्दो हो । तर तिनिहरू जहाँ पुगे पनि मान्छेको सहारामा पुग्छन्, बैठकमा सहभागी बन्न वा नीति निर्माण गर्न पुग्दैनन् । उनीहरू त्यहाँ पुग्दा बैठक वा सभाको सोभा बढ्दैन घट्छ, कार्य सम्पन्न भएर फलिफाप हुँदैन, घ्रिणा र अपसगुन लाग्छ । जस्तै ३२ सिटले ८९ सिट र ७८ सिटलाई मात्र होइन पक्ष र विपक्ष सवैलाई सन्तुलन मिलाउँदै ठूला भनिएकाहरुको ईच्छा नहुँदा नहुँदै घिसारेरै जनपक्षिय कार्य गर्न बाध्य बनाउँदै १८ महिना भित्रै ४७ बिद्ययेक ल्यायो, २७ वटा पास गरायो ।
तर ठूला भनिएको झण्डै २ तिहाई हुँदा पनि १४ महिनामा जम्मा ३ वटा बिद्ययेक पास ग¥यो, त्यो पनि प्रचण्ड सरकारले नै तयार गरिसकेको । अनि बाँकी समय के गरि बितायो ? सवैलाई थाहा छ, ९ महिनासम्म कुलमानलाई दुःख दियो, बर्षदिन सम्म बालेन हर्क र अन्य राम्रा मान्छेहरूलाई दुःख दियो । भ्रष्ट तस्कर माफिया छुटाउने, रवी, दुर्गा, माधवकुमार नेपाल लगायतलाई पुर्वाग्रह साँचेर दुःख दिईरह्यो । पुराना तथा नयाँ काण्डका अपराधि लुकाउन राजनीतिक तथा प्रशासनिक अफ्ताव आलम, रिगल लगायत ठूला अपराधि छुटाउन र सम्रक्षण गर्न समय बितायो ।
त्यसैले हरेक पहेंलो वस्तु सुन हुँदैन । ठूलो साइनबार्ड टाँस्दैमा, आदर्श वा माक्र्सवाद भट्याउँदैमा कम्युनिष्ट हुनै पर्छ भन्ने छैन । किनकि असली माक्र्सवादीले भन्दा नक्कली माक्र्सवादीहरूले कलात्मकरुपमा माक्र्सवाद भट्याउन जानेका हुन सक्छन् । त्यसैले सवैले चिन्नु पर्छ समाजवादी समुद्रमा एमाले पुग्नै नसक्ने भन्ने सवाल होइन तर कथम कदाचित पुगिहालेमा आफ्नो पौरखमा पुग्दैन, माओवादी वा अन्य कुनै क्रान्तिकारीको पुच्छर समातेर पुग्छ । र त्यहाँ पुगिहालेमा पनि उ समुद्रलाई मानवउपयोगी बनाउँन चाहाँदैन÷सक्दैन । किनकि उनको चेतनाको आधार द्वन्दात्मक भौतिकवाद होइन, आदर्शवाद र अधिभूतवाद हो । त्यसैले उनले गर्ने संघर्ष दुनियाँको निम्ति होइन आफ्नो निम्ति गर्दछ । त्यसैले कथम कदाचित् समाजवादी समुद्रमा पुगे पनि समुद्रका प्राणी जगतको भलाई सोच्दैन वल्कि समुद्रमा खेल्ने ह्वेलको जीउमा टाँसिएर ह्वेल मार्ने किर्ना जस्तै सामुंद्रीक दुनियाँलाई दुःख दिनलाई पुग्छ ।