आरम्भ
वर्तमान युवाहरू देशमा कुनै अवसर नभएर विदेसिनु परेको, नेताहरू विकास गर्नुको बदला बहस गरेर बसेको, भ्रष्टाचार मात्र गरेको तस्कर र माफियाहरू पोसेर देश नाँगो बनाएको जस्ता नित्तान्त निराशाजनक अभिब्यक्तिमात्र सुन्छौं । पुनःनिर्माण, नवनिर्माण र विभिन्न बिशाल बिशाल पूर्वाधारका योजनाहरू सवै समयले बनाएको, त्यसमा राजनीतिक ब्यवस्था, राजनीतिक पार्टी, नेता कार्यकर्ताको कुनै भूमिका नभएको तर भत्के विग्रेको भौतिक अवस्था, युवा बेरोजगारी चाहिँ नेताहरूले देश बिगारेको कारणले भन्ने अभिब्यक्ति दिन्छन् ।
वर्तमान विरुद्ध आक्रोस पोख्ने युवाहरूलाई बाटोघाटो, पुलपुलेसा, स्कुल कलेज, सार्वजनिक भवन निर्माण, राज्यको सम्पत्तिको चौतर्फि रक्षा हुनुलाई विकास भन्दैनन् । जाति जनजातिहरू जसलाई राज्यले जुगौंदेखि बहिष्करणमा पारिरहेका थिए, तिनलाई राज्यको मूलप्रवाहमा ल्याइयो । जसलाई उनीहरू समयले ल्याएको परिवर्तन भन्छन्, यसमा न माओवादीको योगदान देख्छन् न त लोकतान्त्रिक गणतन्त्रको कुनै भूमिका स्विकार्छन् ।
नेता कार्यकर्ताको महान त्याग तपस्याको जगमा खडा भएको परिवर्तनमा टेकेर आपूm उन्नत जीवन जीउँछन् । उनै त्याग तपस्याको सिर्जनाकार नेता कार्यकर्ताहरूमाथि समाज बिगारेको भन्दै दोष थोपर्छन् । यो निकृष्ट प्रकारको बैगुनिपन हो । यस्तो चिन्तन र चेतनाले आपैmलाई जन्माउने बाउलाई सुन्दर सन्सार देख्ने अवसर दिएकोमा धन्यवाद भन्दैनन् बरु मेरी आमालाई बलात्कार गरेर बुढी बनाएको भन्दै सराप्छन् ।
विकाशः समयको उपहार कि सचेतन प्रयाशको कमाई ?
प्रकृतिका अनेकौं अवयवहरू स्वचालित रुपमा परिवर्तनशील छन् । प्रकृति स्वचालनको प्रकृया जीवनचक्रको रुपमा चल्छ । तर मानव समुदायको स्वचालनको प्रकृया क्रमिक विकाशको रुपमा तलवाट माथि, अज्ञानवाट ज्ञानमा, थोरैवाट धेरैमा, अँध्यारोवाट उज्यालोतिरको यात्रा हुन्छ । प्राकृतिक परिवर्तन अधिकाँस जीवनचक्रको रुपमा हुन्छ । अधिकाँस सामाजिक परिवर्तन गोलचक्करमा नभई हजारौं आरोह अवरोह पार गर्दै बाँगाटिंगा र उकाली ओराली गर्नुपरे पनि निकाश सहितको अग्रगतिमा हुन्छ । त्यसैले ईतिहास पछि नफर्कने दावी इतिहासकार तथा दार्शनिकहरूले ब्याख्या गर्दछन् ।
जीव जगतमा मानिस नै यस्तो प्राणी हो जसले विध्यमानतावाट संधै विद्रोह गर्छ र नयाँको खाजिमा आफ्नो चेतनाको सदुपयोग गर्दछ । अन्य प्राणीले विध्यमानताको पहिचान नै गर्दैन, विगतवाट पाठ सिक्दै भविष्यको खाका कोर्ने र नयाँको खोजी परकै विषय हो । त्यसैले मानिस समयलाई चिनेर समयलाई परिवर्तन गर्न खोज्छ भने अन्य प्राणी समय चिन्दैन सामथ्र्य बुझ्दैन र बर्कत प्रयोग गर्दैन । त्यसैले अन्य प्राणी केवल बाँच्नको निम्ति संघर्ष गर्छ भने मानिस बाँच्नको निम्ति भन्दा धेरै संघर्ष सामुदायिक र ब्यक्तिगत प्रगतिको निम्ति सँधै संघर्षरत रहन्छ । जसले करोडौं आविष्कार र नवनिर्माण सम्भव भयो । जो अन्य प्राणीको चेतनामा अझै विजारोपण भएकै छैन ।
यदि समय आफैले विकास गर्ने हो, भने मानिस वाहेक अन्य प्राणी जगत आज पनि किन खाने सुत्ने र सन्तान उत्पादन प्रकृयावाहेक माथि बढ्न सकेन ? के तिनको निम्ति ‘समय’ समय थिएन ? कि मानिसको निम्ति समय परिवर्तनको भारी बोकेर आउँछ, अन्य प्राणीको निम्ति परिवर्तन र विकाशको छायाँ सम्म पनि योग्य सम्झँदैन किन ? त्यसैले समय केवल तमासा हेर्छ, प्रगति वा दुर्गति, विकाश वा विनाशको कुनै प्रकृयामा समयले भूमिका निर्वाह गर्दैन । जुन परिवेशमा अग्रगामीले समयलाई नेतृत्व गर्न सक्दैन त्यो समयमा प्रतिगामीले सिंगै समाजाई पछाडि धकेल्छ ।
नपत्याए हेरौं ….
माओवादीले २५० वर्षको राजतन्त्र हटायो, चानचुन मान्यौ । जाति जनजाति र उत्पीडित समुदायलाई विभेदको महासागरवाट पार लगायो त्यसलाई भुसुना जति पनि गनेनौ । समानुपातिक समावेसी चरित्रको राज्य बनाएर एकलजातीय नश्लवादी शोषण अन्याय अत्याचारवाट मुक्त बनाएर देशलाई साँच्चै नै देश जस्तै बनायो । जसलाई “जातीय राज्य बनाउन खोजेको” उल्टो ब्याख्या गर्दै भ्रम बेच्दै हिँडे । देशको भौगोलिक विषमता, सुगम दुर्गम बीचको विभेद मेटाउँदै स्थानीय जाति समुदायको कला संस्कृतिको जगेर्णा, भौतिक श्रोत साधनको पहिचान र प्रयोग गर्दै देशलाई सम्पन्न बनाउन अपनाईएको संघीयतालाई “देश टुक्रा” भन्दै हिँडे । अर्थात् देशलाई स्वाधिन समृद्ध र सम्पन्न बनाउन जे जे उपाय अपनायो ति सवैको विरुद्ध “जेहाद छेड्नुलाई राजनीति” भन्दै हिँडे । कालान्तरमा ति सवै अफवाहमै मात्र सिमित रह्यो । राजनीतिक माफियाको रहर पुरा गर्नको निम्ति त्यस्ता अफवाहको पछि लाग्दा समाजको हातवाट अनेकौं अवसरहरू गुमेको तथ्य नविर्सौं ।
जनयुद्धको नाममा आतंक खेति गरेर माओवादीले “सवै विगारेको” भाष्य निर्माण गर्ने बामपन्थीहरू, राजतन्त्रको बेलामा दरवारीया र मण्डलेहरूले सिध्याएको देशाई सहि र लोकतन्त्र आएपछि भएको हरेक नवनिर्माणलाई केवल भ्रष्टाचार मात्र भएको देखाउने प्रतिगामी तत्वहरू जालसाजमा परेका युवाहरूले एकपटक आँखा चिम्लेर सोचुन् … उनले कल्पना गरेको विकाश भनेको के हो ? के उनले कल्पना गरेको विकाश भएपछि बाँच्नको निम्ति श्रम गर्नु पर्दैन ? के उनले कल्पना गरेको विकाश भएपछि संसारको प्रगतिको निम्ति भौतिक निर्माण र त्यसको समुचित वितरणको अनेक उपाय चाहिँदैन ? जो उनीहरूले आज भएको विकाशमा देखापरेको तथ्यलाई अस्विकारीरहेका छन् ।
निश्चय पनि वर्तमान विश्वको तुलनामा नेपालको विकाश अपुग र अपूर्ण छ । विकसित राष्ट्रको तुलनामा पुग्न सिर्जनशिल श्रम गर्न अझ धेरै बाँकी छ । उक्त बाँकी कार्य पूरा गराउन भ्रम बेच्दै आफ्नो राजनीतिक दिवालियापन सपार्ने बामपन्थीहरूले कति योगदान पु¥याए ? काँग्रेस र एमाले नामका राजनीतिक माफिया, दरवारीया मण्डलेहरूले कति भूमिका निर्वाह गरे ? पञ्चायती सामन्त, सुदखोर, तथा भूमिगत गिरोहहरुले देशलाई अगाडि बढाए कि पछाडि हटाए ? अथवा त्यस्ता राजनीतिक माफिया वा देशद्रोहीहरूको निराशाखेति सपार्न आफ्नो भएभरको ताकत खर्चने युवाहरूले कुनै भूमिका निर्वाह गरेका छन् ? होइन भने जनयुद्धको अवधिमा गाउँका शोषक सामन्त र सुदखोरहरू गाउँवाट लखेटेर गाउँलाई मुक्त गराउने, शहरमा पसेर भ्रष्ट तस्कर माफियामाथि हदैसम्मको कार्यवाही चलाएर देशलाई विकासको निकाश दिने माओवादीमाथि सत्तोसराप गरेर वर्तमान युवाहरूले के खोजेका हुन् ? के माओवादीलाई सराप्दैमा उनीहरूले कल्पना गरेको आदर्श राज्यव्यवस्था आउँछ ?
नत्र यो पनि हेरौं …
☺ सवाल पुरानो होइन नयाँ नै काफि छ, बेचन झा र दिपेश पुन गिरफ्तारिकै कारणले सरकार गिरेको सवैलाई जानकारी छ । नयाँ सरकार आएको २४ घण्टाभित्र अनुसन्धानमा खटिएका धेरैजसो अधिकृतहरू सरुवा गरेको जानकारी हुँदा हुँदै आवाज बुलन्द किन हुनसकेन ? के त्यतिखेर समयको चक्रलाई हनुमानले सूर्य निलेझैं खप्लक्कै निलेको थियो ?
☺नेपाली बजारमा खपत हुने सुनमा २० प्रतिशत राजस्व उठाईरहेको अवस्थामा एकाएक १० प्रतिशत मात्र उठाउने निर्णय ग¥यो जसको कारणले देशमा खपत हुने सुनमध्ये २० किलो नेपाल राष्ट्र बैंकवाट ५–७ किलो पुरानो गालेर काम चलाउइन्थ्यो, भने बाँकी १२–१५ किलो खुल्ला बजार (निजी ब्यावासायी) मार्फत् काम चलाउने गरिएको छ । एउटै सरकारी निर्णयमार्फत् प्रति तोला करिव ३० हजारको दरले प्रति किलो २७ लाख र प्रतिदिन ४० किलोमा २७ लाखको दरले जम्मा जम्मी १० करोड ८० लाख दैनिक राज्यकोषवाट ब्रम्हलुट गरिरहेको छ त्यसको प्रतिकार समयले गर्नुपर्दैन ? वा माओवादीलाई सराप्ने युवाहरूले गर्नुपर्दैन ? कि माओवादी वा प्रचण्डलाई सरापेपछि राज्यकोष आफै भरिन्छ ?
☺कुलमानलाई करिव ९ महिना निहुँ खोजेर अपमानजनक रुपमा गलहत्याएलगत्तै प्राधिकरणले २ वर्षदेखि रोक्दै आएको निजि क्षेत्रसँग अनुचित पी.पी.ए गरेर देशभरको विजुली माफियाहरूको हातमा पु¥याउने प्रपञ्च गरे । जानाजान ४७ अर्व २७ करोड नाफामा चलिरहेको प्राधिकरणलाई ५ अर्व २३ करोड घाटा देखाउँदै १० अर्व सरकारसँग ऋण माग्दा समेत एकाध पत्रपत्रिका र नेकपा (माओवादी केन्द्र) बाहेक अरुले गर्ने हिम्मत गरेनन् । के माफियाहरूको विरोध गर्दा वर्तमान नयाँ युग चहाने युवाहरूलाई अपच हुन्छ ?
☺प्राधिकरणमा हितेन्द्र राख्नेवित्तिकै गरेको अर्को निर्णय बिद्युतीय चार्जिङ्ग स्टेशन सम्वन्धि हो । जसमा कुलमानले देशभरमा यो वर्षमा २००० वटा चार्जिङ्गस्टेशन खुल्ने, लगानीकर्ताहरूलाई अन्य सेवा सुविधा सहित विद्युत शुल्कमा समेत ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । जसमार्फत पेट्रोलियम पदार्थमार्फत दक्षिण बगेको दैनिक अरर्वौ राज्यकोष रोक्ने महान उद्देश्य निहित थियो, त्यो अलपत्र पारियो । के माओवादीलाई उठेपनि गाली सुतेपनि गाली वाहेक केही गर्न नजानेका युवाहरूले ध्यान दिएका छन् ?
☺पञ्चायतले मूर्ति विदेश पु¥याउँदै मन्दिर भग्नावशेष बनाएर नेपाली धार्मिक सँस्कार सँस्कृति सत्यानाश गर्दैथियो, बहुदल आएपछि कल कार्खाना जति सवै निजिकरणको नाममा बिदेशीको हातमा सुम्पिँदा पनि कर्मचारी पाल्न मूस्किल अर्थतन्त्र थियो । जसलाई लोकतन्त्र आएपछि पूर्णत बन्ध्याकरण लगाईएको थियो एउटै मूर्ति बेच्नुपरेन, एउटै कल कार्खाना बेच्नु परेन । तर ओलिसरकार आउनेवित्तिकै उदयपुर सिमेन्ट, हेटौंडा सिमेन्ट, बायुसेवा र आयल निगम निजिकरणको प्रपञ्च गर्दैछ । के माओवादीको सरकार भएको भए यस्तो निर्णय गथ्र्यो ? यसरी देशमाथि घात गर्र्दै लुट्ने लुटाहा र संधै जोगाउँदै आउने माओवादीलाई उस्तै उस्तै भएको विम्व बेच्नेहरूले जवाफ दिन सक्छ ?
समयलाई जस दिने कि दोष ?
यदि राम्रा काम जति सवै समयले गर्ने हो भने यस्ता हजारौं नराम्रा निर्णयहरू राज्यले गरेको छ । त्यसको प्रतिरोध पनि समयले गरेर देखाओस् त …! नत्र होइन भने जनताको पक्ष लिएर देश बेचुवा, जनहत्यारा, भ्रष्ट तस्करहरूको विपक्षमा वकालत गर्दाको महान त्याग तपस्या र योगदान गर्ने महान योद्धाहरूको योगदानमथि पावन्दी लाउने यस्ता फत्तुर लाउन छोडौं । समयले न राम्रो गर्छ नत नराम्रो .. समय केवल तमासा हेर्छ राम्रो वा नराम्रो गर्ने कार्य सामाजिक परिवेशमा हुर्केका राम्रा वा नराम्रा पात्रहरूको जमातले गर्छ, राम्रा हावी हुँदा राम्रो कार्य र नराम्रा हावी हुँदा नराम्रो कार्यले सरकारी निर्णय पत्र मात्र होइन, जनताको जनजीवनमासमेत गहिरो सम्वन्ध कायम राख्छ ।
यस्ता खाल्का देश डुवाउने निर्णयहरू सयौंको संख्यामा गरेका छन् । तर सहकारी पीडितमाथि न्याय गर्नु, उखु किसान समस्याको सम्वोधन, मिटरब्याज पीडितहरूको माग सम्वोधन, शिक्षक मजदुर लगायत तमाम श्रमिकहरूको समस्या समाधानप्रति सरकार सदा सर्वदा मौन किन बस्छ ? बाढी पहिरो, भूकम्प जस्ता दैवी प्रकोप प्रति सरकारको कुनै ध्यान गएन । भिजिट भिषामा बिदेशीएको सयौं नागरिक अलपत्र परेको समाचारहरू बिस्कुन लाग्यो, तर सरकार मौन । इजरायलमा दर्जनौं नेपालीहरू युद्धबन्दी बने सरकार पूर्णतः बेखवर ..। जवकिः रुस र युक्रेन युद्ध हुँदा प्रचण्डले दोश्रो दिनमै जहाज पठाएर उद्धार गरेका थिए । चाहे जाजरकोटको भूकम्प होस् चाहे विविध दुर्घटनाहरू वा बाढी पहिरोको प्रकोपमा नै किन नहोस् प्रचण्डको तदारुकता सवैले देखेका छन् ।
अन्तमा ..
अझै पनि राम्रो बाहेक केही नगर्ने प्रचण्ड र नराम्रो बाहेक केही नगर्ने ओली देउवा तीनैजना उस्तै उस्तै हुन् भन्ने भाष्य निर्माणमा युवाहरूले सकृयता देखाउनुको अर्थ के लाग्छ ? माओवादीका अनेकौं कमजोरी हुन सक्छ, तर संसारमा कमजोरीरहित चोखो वा पवित्रको खोजीको विधि के हो ? दुनियाँमा हालसम्म उपभोग गरिएको ज्ञान विज्ञानले आपूmलाई कहिल्यै पूर्ण मानेको छैन । अनुसन्धानका करोडौं अरवांै अवयवहरू बाँकी होला । किनकि बिशाल दुनियाँमा पत्ता लागेको करोडौं विषय वस्तु भए पनि अन्तहिन अणवेषण बाँकी होलान् । त्यो समयक्रममा पत्ता लाग्दैजानेछ । त्यस्तै राजनीतिमा पनि माओवादीका हजार कमजोरी हुँदा हुँदैपनि वर्तमान राजनीतिक परिवेशमा सवैभन्दा बलिदान दिएको, सवैभन्दा धेरै जनसरोकारको कार्य गरेको सवैभन्दा धेरै देश जोगाउने कार्य गरेको तथ्यलाई विर्सेर अफवहामा लाग्नुको अर्थ के लाग्छ ?
समय आउँछ पर्खंदैन, तर समयलाई नचिनेर वा बेवास्ता गरेर हातमा आएको मौका उम्कन दिंदा त्यस्तो मौका बार बार आउँदैन । त्यसैले हाल प्राप्त उपलब्धिमाथि माओवादीको योगदानरहित बताएर जनताको अधिकार खोस्न प्रपञ्च गर्नेहरूको हरेक जालझेललाई बुझौं श्रम सिप र योगदानलाई कदर गर्न सिक्यौं भने आगामी दिनको नयाँ परिवेशको नयाँ अभियानप्रति अभियन्ताहरू आशावादी रहन्छन् नत्र आगामी समस्या समाधान गर्न हिम्मत निकाल्ने जोधाहाहरूको मनोवल गिर्ने निश्चित छ । जो मर्जी