गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्बजनिक भएको छ । चर्चित गायिका शशि रावलको शब्द संगित रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युट्युब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन् ।
अस्ट्रेलियामा बसिरहेकी उनले प्रबासबाटै गीत संगितको कर्ममा लागिरहेको जानकारी दिईन । यस अघि सिड्नी झाने रेल, तिम्रो आवाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्दकृष्ण जोशीकी छोरी हुन् ।
बाबा जस्तै आफ्ना गीतहरुलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनु हुन्छ भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन् ।