सल्यान, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यता बताउनु भएको छ । आज सल्यानमा आयोजित सर्बदलीय बैठकमा मुख्यमन्त्री कडेलले लामो समयको सघर्षपछि राजनीतिक परिर्वतन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनु भएको हो । गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर संघर्ष गरेका हौ, मुख्यमन्त्री कडेलले भन्नुभयो । व्यवस्थाका लागि संघर्ष गर्दा जनता समक्ष गरिएका बाचाहरु पनि बिर्सनु हुदैन । दलका नेता र जनप्रतिनिधि मध्ये कोही कसैले गलत ग¥यो भन्दैमा व्यक्तिको गल्तीलाई सिंगो व्यवस्थामामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कडेलले व्यवस्थामाथि लान्छाना लगाउनु भन्दा आफना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरु भित्रिरहेको बताउदै मुख्यमन्त्री कडेलले ब्यक्ति खुशी बनाउनु भन्दा निती र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिनुभयो । यसअघि जिल्लास्थित स्थानीय तहका प्रमुख एवम सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कडेलले संविधानले तीनै तहका सरकारलाई आ आफना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढनुपर्ने बताउनुभयो । हामी सबैका आ–आफना छुट्टाछुट्टै जिम्मेवारी र दायित्व छन, मुख्यमन्त्री कडेलले भन्नु भयो । ती सबै दायित्व र जिम्मेवारी जनताका लागि हुन भन्ने विषयलाई हामीले हेक्का राख्नुपर्दछ । आफनो बजेटले धान्न सक्ने अर्थतन्त्रको अवस्था हेरेर योजना बनाउन स्थानीय तह सुझाव दिदै मुख्यमन्त्री कडेलले गच्छे अनुसारको सरकार चलाउने लयमा लागियो भने मात्र जनतामा निराशा पैदा नहुने उहाँको भनाई थियो ।