अविरल वर्षाको कारण बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु

 

काठमाडौं । अविरल वर्षाको कारण बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । त्यसैगरी ६४ जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाको अनुसार बाढीपहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।

काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । शुक्रबार ४ बजेदेखि हालसम्मको मृत्यु र बेपत्ताको बिबरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो । सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *