श्रीराम खाईजु
माओवादी र जनयुद्धप्रति पुर्वाग्रह साँध्नेहरु लोकतन्त्रले परम्परागत संस्कार संस्कृति मासेको, चाल चलन विगारेको र भाषा धर्म बेचेको जस्ता संगिन आरोपहरु लगाईरहेका छन् । सत्यमाथि हजार तर्क गर्दै असत्यमाथि जयजयकार गर्ने समाजमा झुठमुठको फरेवी गर्न कसैले कसैलाई सिकाउनु पर्दैन चोक चौतारो, ठाउँ कुठाउँमा माओवादी र जनयुद्धमाथि आरोपको ओइरो एकोहोरो छ । किनकि प्रचण्ड र माओवादी आन्दोलन नै यस्तो अभियान हो जसले मानिसको पूर्ण मानवाधिकार, पूर्ण लोकतन्त्र प्राप्तिको अभियानको नेतृत्व गर्न सक्छ र हरेक नागरिकलाई नैतिक, भौतिक, मानसिक जैवीक, व्यक्तिगत र सामाजिकरुपमा पूर्ण स्वतन्त्रता दिलाउन सक्छ । यस्तो आन्दोलन जुगौंदेखि नागरिकलाई प्रजा वा रैति बनाउँदै आएका शोषक सामन्त र दलाल नोकरशाहहरुलाई मनपर्ने त कुरै छैन त्यसैले झुठको खेति गरेरै भएपनि अफ्नो बिरासत जोगाउन खोज्दैछन् ।
तर प्रचण्ड र माओवादी आरापको निम्ति आरोप लाउनेहरुको किचड उछालेर समय नष्ट गर्न चाहँदैनन् । गाली र सरापनकै निम्ति जन्माईएका कुपात्रहरुसंग मुख मिसाएर आफुलाई अपवित्र बनाउन चाहँदैनन् । तर बिना कसुर, बिना प्रमाण प्रचण्ड र माओवादी माथि मात्र होइन, महान जनयुद्ध र लोकतान्त्रिक अभियानमाथि नै किचडको चाङ्गले थिचिरहेका छन् । मन्दिर तोडेको, मन्दिरमै पिसाव फेरेको, किरियापुत्रीमाथि हतियार चलाएको भनेपनि माओवादीहरु जवाफ दिईरहेका छैनन् । किनकि माओवादी आन्दोलनको आवश्यकता र औचित्य बुझ्नेहरु, माओवादी आन्दोलनको उद्देश्य र गन्तब्यको मामलामा जानाकार पुराना पुस्ता कि युद्धमा मारेर सकिए, कि पार्टीको अन्तरसंघर्षमा हारेर सकिए, बाँकी माओवादी भनिएका नयाँ जोगीहरु आफ्नो स्वार्थको पुलिन्दा जलाउँदै नेताको वरीपरी फेरो मार्दै ठिक्क छन् त्यसैले माओवादी एक प्रकारले कोमामा पुगिसक्यो । अझ आयातित लोभिपापीहरु माओवादीको पूर्ण समाप्तिको निम्ति आफ्नो स्वार्थको खेल मैदान बनाईरहेका छन् । तिनीहरुवाट प्रतिकृयावादीहरुको यस्तो फरेवीको प्रतिकारको के आशा गर्ने ?
के माओवादीले संस्कृति मास्न खोजेकै हुन् ?
पञ्चायत र बहुदलले मात्र होइन पुरै राजतन्त्रकालमा कुनै ऐतिहासिक वा पुरातात्वीक धरोहरहरु त बनाएनन् नै मल्लकाल र लिच्छिवीकालमा बनेका संरचनाहरुसमेतको ध्वंस बाहेक रक्षामा ध्यान दिएन । किनकि यस्ता धरोहरहरुलाई “आफुले नजन्माएको छोरो” सम्झन्थ्यो राजतन्त्रले । त्यसैले पुरातात्वीक वस्तुहरुको अणवेशणको कुरै छोडौं सामान्य रंगरोगन र मर्मत मात्र गरे पुग्ने भवनहरु, ढुंगेधारा, पाटी पौवा, चोक चौतारो र गेटहरु, भग्नावषेशमा रुपान्तरण भए । ऐतिहासिक पोखरी, ताल तलाउ र छहरा छाँगाहरु तथा मानवनिर्मित पोखरी र कुण्डहरु, घाट र अन्य सम्पदाहरु मल्लकालमा तिर्थस्थलको रुपमा ख्याति कमाएका थिए । तर २५० वर्षे राजतन्त्रकालमा तिनको संरक्षणको कुनै बजेट छुट्टीएन । तैपनि परम्परागत रुपमा पर्व मनाउन जाने ठाउँहरु जस्तै सुर्यकुण्ड, गोसाईकुण्ड, सुन्दरीजल, नगरकोटको सिलुपुखु, बनेपा र धुलिखेल बीचको गोसाईथान पोखरी लगायत देशका हजारौं तिर्थस्थानको नाम लिन सकिन्छ । जहाँ उनीहरुको जतिसुकै अरुचिका बाब्जुद पनि मेला लागि नै रह्यो ।
पञ्चायत जसलाई आजकालका युवाहरु नीति संस्कृृति बचाएका्े, धर्म र परम्परा जोगाएको सम्झन्छन् । तिनिहरुको भ्रम चिर्न धेरै टाढा पुग्नु पर्दैन । भगवानका मूर्तिहरु, कलात्मक टुँडालहरु, बहुमुल्य धातु र पथ्थरका पुरातात्विक तथा अन्य ऐतिहासिक वस्तुहरु सवै बिदेशी अनुसन्धान केन्द्र र संग्रहालयहरुमा बेचेर राजा महाराजाहरु मोज मस्तिमै उडाउने र मन्दिरहरु भग्नावषेश बनाउने र कला संस्कृति ध्वस्त पार्न गुठी संस्था बनाएर प्राग ऐतिहासिक धरोहरहरुको आयस्ता गुठि संस्थानमा दाखिला गराउने र त्यसले कर्मचारी पाल्ने तर सम्बन्धित गुठी गाना चलाउन अनेकौं प्रशासनिक तानावाना बुन्दै प्रपञ्च गरेर रकम निकाशा नगरी संस्कार ध्वस्त बनाएका हजारौं उदहारण दिन सकिन्छ ।
सामन्तवादको एउटा साँस्कृतिक समस्या के हो भने … “उनीरु छोरा आफ्नो र स्वास्नी अर्काको राम्रो” देख्छन् । त्यसैले उनीहरु आफुले बनाउन नसकेपछि अर्काले बनाएको ध्वंस गरेरै भएपनि जान्ने भन्दा नजान्ने अब्बल, गर्ने भन्दा नगर्ने बहादुर सावित गरिनै रहन्छन् । त्यसको वास्तविक ऐतिहासिकता ध्वंस गर्न नयाँ तथा कृतिम कहानीहरु जोड्नु, त्यसमा रहेको भौतिकताको ठाउँमा नकारात्मक प्रकारको अलौकिकता थप्दै त्यसलाई रहस्यमय बनाउँदै लगे । सकेसम्म काल्पनिक कहानीहरुमा देवी देवताको प्रशंग जोड्ने, त्यहाँ दर्शन गरेपछि देवी देवताहरुको दया, कृपा, र आशीर्वाद मिल्ने भन्दै हिन्दुकरण गर्ने र नसके त्यसलाई पुनर्निनिर्माण र जिर्णोद्वावरमा नजरअन्दाज गरेर भग्नावशेषमा रुपान्तरण गर्ने योजनामा राजतन्त्र निरन्तर लागिरह्यो । यसको ज्वलन्त उदहारण नुवाकोटको तलेजु दरवार (नौतले दरवारसंग जोडिएको) भक्तपुरको रानीकोट दरवार, पाल्पाको भंगेरी दरवार, भक्तपुरकै ठिमीको लायकु दरवार तथा भक्तपुर, काठमाण्डु, ललितपुर, बनेपा, धुलिखेल, पनौती, दोलखा, आदि ठाउँका धरोहरहरु, बिभिन्न ऐतिहासिक चोक चौतारो ढुँगे धाराहरु, ओपी र कुवाहरुको पतनमा शाह बंसीय कर्तुतहरुको वारेमा पछि लेख्नेछु ।
जनजातिहरुमध्ये सवैभन्दा शिक्षित र उन्नत मानिएको नेवार जातिको धरोहरको रुपमा संस्कार संस्कृति मास्न पृथ्वी नारायण शाहाले उपत्यका जितेको एकाध बर्षमा उनी बिते र बहादुर शाहको पालादेखिनै कुनै न कुनै नाममा नेवारहरुको पजनी सुरु गरियो । विफर आयो, सितला माई उठाएको भन्दै नेवार लखेटेको छ ! बिषम ज्वरो आयो, नेवार लखेटेकै छ ! ठेउला र अन्य रोग लाग्यो नेवार लखेटेकै छ ! बाल बच्चा समेत तामाकोशी पारी वा कर्णाली पारी सम्म लखेट्नु सामान्य मानिन्थ्यो । त्यही अवधिमा बि.सं १८२६ को जेष्ठ महिनामा घर घरमा रहेका धर्म संस्कृति, ज्योतिष, गणित लगायत अन्य ऐतिहासिक पुस्तक पुस्तिका राज्यलाई बुझाउन नगरा फुक्दै उर्दी जारी गरियो । “यदि नबुझाई घरमा राखे, भोली शाही सेनाले तलासी लिंदा भेटीएमा गोर्खे लौरी लाउने, सर्वस्व हरण गर्न र मृत्युदण्ड समेत दिन सकिने” भनेर तर्साउँदै तत्कालिन हस्तलिखित पुस्तक पुस्तिकाहरु साकोठामा जम्मा गरेर जलाएको र जसको आगो महिनौ दिन सम्म बलिरहेको भक्तपुरे पाका मान्छेहरु आजपनि दुखद कहानीको रुपमा नाति पनातिहरुलाई सुनाउने गर्छन् ।
प्राग ऐतिहासिक वस्तुहरु सकेसम्म आफ्नो अधिनस्त पार्ने र नसके नष्ट गर्ने रणनीति अन्तर्गत नै हरेक मठ मन्दिर तथा पुरातात्वीक संरचनाको संरक्षणको निम्ति राखिएका गुठीको सम्पत्ति कब्जामा भने कुनै कसर बाँकी राखेनन् । यसलाई मुर्त रुप दिन २०३३ मा गुठी संस्थान नै बनाए । जसले सम्वन्धित समुदायको हातमा रहेको आयस्ता जति संस्थानमा दाखिला गराउने र त्यो राज्यले राखेका अमुक स्थानका ब्रम्हण क्षेत्री कर्मचारी (जसलाई साँस्कृतिक, धार्मिक पर्व वा त्यसको परम्पराको मामलामा कुनै जानाकारी वा ज्ञान नै छैन ! वा सरोकार नै राख्दैनन् !) पालेर सक्ने, परम्परागत गुठी गानाको निम्ति अनेकौं झमेला झिकेर रकम निकासा नदिने गरेका हजारौं उदहारण दिन सकिन्छ ।
यसरी संस्थानभित्र दाखिला भएको आयस्ता उनीहरुको तलव भत्ता वा अन्य सरसुबिधामा खर्चने र आवश्यक परम्परा धान्न फेरी ब्यक्तिगत योगदान दिनुपर्ने भएकै कारणले देशभरका बिभिन्न धरोहरहरु जिर्ण बन्दै पत्ताल वा भग्नावशेष बन्दै जाने, जात्रामात्रा, पर्व र संस्कार संस्कृति विलोप भएर गईरहेका थिए । यसरी शाहाबंशको बेलामा कुनै जाति कुनै समुदाय वा कुनै धर्म परम्पराको रक्षा र सम्वद्र्धनमा ध्यान दिएनन् र जोगिएन । तैपनि एउटा ईन्द्रजात्रा मनाएकोमा फुँदा गाँस्दै “शाहबंश नेवारी संस्कृति पृय” भनिटोपल्छन् ।
अनि लोकतन्त्रले चैं के ग¥यो त ?
राजतन्त्रले भग्नावशेष बनेका पाटी पौवा, मठ मन्दिर, सत्तल र घाटहरु पूर्ण रुपमा जिर्णोद्वार भएका छन् । राजतन्त्रकालमा बेलायत, बेल्जियम, जर्मन र जापान पु¥याएका ऐतिहासिक मूर्तिहरु, टुँडाल र कलात्मक धरोहरहरु फर्काईएर यथास्थानमा प्रतिस्थापन गरिएको छ, वा पुरानो, थोत्रै भइसकेका धरोहरहरुलाई जस्ताका तस्तै प्रतिलिपी बनाएर बिधिसम्मत ढंगले राखिएका छन् । लोकतन्त्रले केवल पुरानो ऐतिहासिकताको रक्षा मात्र होइन नयाँ नयाँ ठाउँहरुमा मठ मन्दिर लाखौंको संख्यामा बनेको छ । मठ मन्दिर वा अन्य धार्मीक आस्थाको मामलामा कुनै एउटा वडाको एउटा टोल पनि छैन जसले बजेटको प्रचुर ब्यवस्था नगरेको होस् । जिर्णोद्वार र पुनसंरचनाको त बाढी नै चलेको छ । के यसो गरेर लोकतन्त्रले परम्परा मास्यो ? संस्कार संस्कृति नास्यो ? के धर्म र सम्प्रदायमा नकारात्मक भूमिका खेल्यो ? छोटै समयमा यत्रो काम गर्दापनि “क्यै भएन, क्यै भएन !” भन्ने गीत गाउनेहरुलाई त यदि भगवानको अस्तित्व रहेछ र स्वर्ग नर्कको परिकल्पना साँचो रहेछ भने .. वा चित्रगुप्तको न्यायमा खोट छैन भने ति त खसोखस नर्कै पुग्छन् त्यहाँको सवैभन्दा काठोर र आततायी यातनाको भागि बन्छन् ।
इसाइकरण के हो त ?
उनीहरुको एउटै बोली के भने .. माओवादी बिदेशी मिसिनरीको साधन बनेर धर्मनिरपेक्षता लादेर इसाइकरण बढायो ! के धरातलीय यथार्थ यही हो त ? के माओवादीले डलरसंग धर्मनिरपेक्षताको सौदा गरेकै हुन् त ? दार्शनिक रुपले माओवाद समानताको वकालत गर्छ, कुनै धर्म, जाति, वा समुदाय, संस्कार वा संस्कृति र परम्परा, सवैको समानताको वकालत गर्दा हित्दुत्वको थिचोमिचोमा रहेको अन्य समुदायको उत्थान, संरक्षण र सम्बद्र्धन बिना समानतामा पुग्न नसकिने सैद्धान्तिक विवेचना साँचो हो । यसको अर्थ हिन्दु धर्ममाथि कुनै प्रकारको प्रहार वा त्यको अवनतिको बाटो हामीले कल्पनै गर्दैनौं । तर हिन्दुत्वभित्रको कुरीति जसले समाजलाई गम्भिर दुर्घटनातिर लगिरहेको छ, बिभेद र असमानताको बिशाल खाडलतिर डो¥याइरहेको छ त्यसको भने हामीेले जमेर बिरोध गरेका छौं । ताकि असमानताद्धारा सामाजिक सहिष्णुतामा खलल पुग्ने र देश अराजक बन्दै आतंकवादको सामना गर्न नपरोस् । तर असमानता र बिभेदमै मात्र शान्ति देख्ने, सर्वाङ्गीण समानतालाई अपच ठान्ने लुटाहा चुसाह र फटाह बर्ग हाम्रो यही पवित्र मान्यतालाई फत्तुर लाउँदै छन् ।
तर यथार्थको कशिमा जाँच्दा देशमा भित्रिने डलरको श्रोत एनजीओ, आईएनजीओ र ऋण, अनुदान, सहयोग जस्ता सरकारी सौदा नै हो । रेमिट्यान्सको मामला अलि भिन्न हो । सरकारी ऋण, सहयोग, वा अनुदान अर्थमन्त्रालयको तथ्याङ्कमा लिपिवद्ध भएर नीति तथा कार्यक्रम र बजटमै ब्यवस्था गरेको हुनाले सवैलाई जानकारी हुन्छ । तर एनजीओ र आईएनजीओ संग सम्बन्धित डलरको पूर्ण जानकारी सार्वजनिक हुँदैन । कसले कुन योजनाको लागि कति कहाँवाट ल्यायो ? आंशिक जानकारी भएपनि पूर्ण जानकारी हुँदैन । ति ल्याउने श्रोत र संख्या हेर्दा ९० प्रतिशत भन्दा बढी एमाले र दरवारीयाहरुको पहल र संरक्षणमा चलेको देखिन्छ । यदि डलरले धर्म संस्कृतिमा सौदा गरेकै भए जवाफदेहीता तिनिहरुले दिने होला लोकतन्त्र र माओवादीले दिने होइन, र जवाफ पाउँन पनि सकिन्न । त्यसैले प्रचण्डको दोश्रो कार्यकालमा आइएनजीओको नाममा आउने रकमको श्रोत उद्धेश्य र उपादेयता अर्थमन्त्रालयमा जानाकारी गराउनुपर्ने विधि प्रचण्डले मिलायो । जसले गलत उद्देश्यले दुरुपयोग नहोस् भन्ने पवित्र उद्देश्य राख्यो । तर अर्काको पिडा बेचेर खाई पाई आएका डलरेहरु प्रचण्ड र माओवादीसंग रिसाएकै हुन् र त्यसको प्रतिकारश्वरुप उनीहरु बेतुकको बोली बजारमा ल्याएकै हुन् । किन कि उनीहरुले बेहिसाव खाईरहेको डलरको अर्थ मन्त्रालयमा हिसाव बुझाउने, निश्चित प्रतिशत कर तिर्नुपर्दा आक्रोस उब्जनु ठूलो कुरा होइन ।
जहाँसम्म निम्न बर्ग, दलित जनजातिको इसाइकरणमा आएको तिब्रताको कुरा छ, त्यो कुनै डलर वा अनेकौं प्रलोभन वा लालचले होइन केवल हिन्दुत्वभित्रको बिभेद र दलन पन्छाउनको माध्यम सम्झेका हुन्, अन्यथा होइन । तर बिडम्वना कराईवाट उम्केर भुङ्ग्रोमा परेभैंm त्यहाँ पनि पादरी बन्नेजति सवै ब्राम्हण समुदायवाट छ । अर्थात इसाइकरणको रहस्य डलर मान्ने हो भने दरवारीया र एमाले नै त्यसको जिम्मेवार हो, किनकि उनैसंग डलरको पोको छ । यदि अल्पसंख्यक, जनजाति र जनजातिलाई मान्ने हो भनेपनि सुइरो उतै फर्कन्छ । ति पादरी भन्नेहरुमध्ये ९० प्रतिशत ब्राम्हण समुदायवाट छन् ति अधिकाँस एमाले वा दरवारको काटरीका देखिन्छन् । भनेपछि माओवादीलाई आरोप लाउनु भनेको केवल आकाशतिर फर्केर थुक्नु जस्तै वा चोरले चोर आयो भन्दै कुद्नु जस्तै हो ।
अर्को एंगलवाट हेरौं… निम्न बर्ग वा तल्लो भनिएको जाति जसको उपादेयता, र राजनीतिक आस्था माओवादीसंग जोडिएको छ । तिनिहरु अधिकांश बिदेश जाँदापनि साउदी कतार वा खाडी मलुकमा जाने हो जहाँ श्रम बेच्दै दुइपैसा ज्याला थापेर घरमा ल्याउँछन् । उनीहरुको बिशाल राजनीतिक साँस्कृतिक र आर्थिक सम्वन्ध कायम हुन सम्भव छैन । तर माथिल्लो बर्ग वा कथित ठूला भनिएका जातीय समुदाय जसको उपादेयता र राजनीतिक आस्था अधिकांश मात्रामा राजा, एमाले, काँग्रेसको अभिष्टसंग जोडिन्छ तिनिहरु पुग्ने युरोप, अमेरीका, जापान, जर्मन, फ्रान्स ईटाली, वा क्यानाडा हो । जहाँ श्रम र सिप बेचेर रेमिट्यान्स पठाउन होइन, अध्ययन अनुसन्धान र त्यस्तै अन्य नाममा सरकारी वा गैर सरकारी खर्वौ बजेटको दुरुपयोग गरेर वा यताकै प्रपर्टी सो गरेर पैसा खर्च गर्न जान्छन् । (त्यहीँ लुकेर कमाउने अर्को कुरा !) वास्तवमा साँस्कृतिक र राजनीतिक विचलन त्यहाँवाट छिरेको छ । किनकि उनीहरु भ्यालेन्टाइन, बरथडे वा बेबी सावरकै कुरा किन नगरौं त्यस्ता सैयौं उत्सवहरुमा नेपाली संस्कृतिलाई अस्वीकारेर भित्रीरहेका छन् । अनि दोष चैं माओवादी, निम्न बर्ग वा जातलाई लगाईरहेका छन् । के यो न्यायसंगत छ ? जुन राजनीतिक बिचार बोक्ने समुदाय र बर्ग रेमिट्यान्स भित्र्याउँछ त्यो पार्टी वा विचारलाई सराप्ने, जुन राजनीतिक चिन्तन बोक्ने बर्ग र समुदाय जसले भित्रीएको रकम बिदेशमा लान्छ उनलाई जोगाएर तर्क गरिन्छ भने त्यो चिन्तन विचार र तर्कले देशलाई कतातिर लान्छ ?
जहाँसम्म राजनीतिक नैरास्यताको सवाल छ, त्योपनि उतैको हावा हो साउदी कतारको होइन । किनकि श्रम बेच्ने मुलुकहरुमा सिटिजनसिपको ब्यवस्था त्यति ब्यवस्थित छैन दोहोरो नागरिकताको प्रवन्धपनि गतिलो छैन, र उता जानेहरुमा राजनीतिको उपल्लो हैसियत राख्दैनन् त्यसैले अर्कालाई सरापेर आफु माथि पुग्ने महत्वाकांक्षा पनि कम पाईन्छ । तर बिकसित राष्ट्रमा जानेहरु जसले यतै बस्दपनि अवसरको भरपुर प्रयोग गरे, उता जाँदापनि कुनै कसर बाँकी राखेनन् अव यता अलि वातावरण मिल्ने हो भने फर्केर फेरी पुरानै लुटको धन्दा चलाउन कुटिल प्रपञ्चकै लागि यो निराशाको ब्यापार गरिरहेका छन् । नेता गलत, नीति गलत, कार्यकर्ता त झोले झम्टे नै हुन् जस्ता ब्यवस्था र समग्र अवस्था फेर्न निश्वार्थ ढंगले लागेकाहरुमाथि हिलो छ्यापेर अफु साखुल्ले पल्टीरहेछन् ।
यथार्थले बनाएको परिवेश यस्तो छ । तर उनीहरु आफ्नो अपराध लुकाउन अर्काको टाउकामा दोष थोपर्न तर्कको खोजीमा तथ्यहरुलाई तोडमोड गरिरहने मात्र होइन हजारपटक कुतर्क गरिरहन्छन् । जवकी माओवादीलाई कुनै जात धर्म संस्कारसंग कुनै लिनु दिनु छैन । बिभेद र उत्पीडन हटाएर सवैलाई समान स्तरको नेपाली बनाउने बाहेक उनले अर्को कुनै कल्पना गरेकै छैन । उनैलाई बिदेशमा स्याम्पेन तोडेर बरथडे मनाउनेहरुले, किस डे, हग डे, भ्यालेन्टाईन डे मनाउनेहरुले धर्म बेचेको आरोप लाउँछन् । तैपनि सुनिदिने, ताली बजाईदिने र त्यै अनुसार कुतर्क गरिदिने युवा जमात देखेर देश साँच्चै नै रोएको छ ।
उनीहरुले बिग्रीयो भनेको चैं के त ?
सामन्तवादको वास्तविक जग बिभेद हो भने, त्यसको टिक्ने तागत भनेको फुटाउ र राज गर नै हो । त्यसैले समाजलाई अनेकौं तह तहमा बिभाजन गरिएको थियो । यो जातले यो गर्न पाउने, त्यो जातले यो गर्न नपाउने … भन्ने बिधि बसालिएको थियो । यसले छोए स्वर्ग पुगिने त्यस्ले छोए नर्क पुगिने, यसले पढे सिलोक बन्ने त्यस्ले पढे नर्क पुगिने जस्ता हजारौंथरिको कुरीति बनेको थियो । जो मानवीय सम्वेदना र मानवाधिकारको दृष्टिकोणले नित्तान्त असोभनीय र युग नसुहाउँदो छ । त्यसैले तमाम जाति जानजाति अल्पसंख्यक, महिला दलित लगायत सवैलाई बरावरीको अधिकार दिनको निम्ति संघीयता, समानुपातिक समावेसी राज्यको कल्पना गरियो । जसले गर्दा संधै अर्काको हुकुमको दाशी बनेको समुदाय सत्ताको बिभिन्न निकायहरुमा पुग्न थाले । हिजो निचा जाति वा निचा समुदाय बनाई हेपिराखेको समुदायका छोरा नातिलाई बिभिन्न काममा संगै बस्ने, खाने, ब्यवहार गर्ने वा कुनै कुनै ठाउँमा त नमस्ते गर्नुपर्ने परिस्थिति बन्यो । हिजो दमाई कामी, सार्की च्यामे पोडे मात्र होइन, अन्यलाई पनि ज्यापु, भोटे, मदिसे, वा अन्य अपमानजनक शब्दद्वारा हेप्ने चेने गरिरहेका थिए आज गर्न पाएनन् । किन कि आज नयाँ संबिधानले मुद्धा लाग्ने बनाएको छ ।
बिभेदलाई नै कमाउन धन्दा बनाईरहेका छट्टु समुदाय, दरवार र त्यसको वरपर बसेर लोकमाथि रवाफ जमाईरहेका पेटी बुर्जुवा बर्ग वा अर्काले बनाएको मन्दिर, अर्काले बनाएको मूर्तिमाथि आधिपत्य जमाई धर्मको ठेक्का लिएका गेरु बस्त्रधारी ठगहरुको दृष्टिकोणमा बिभेदको अन्त भनेकै उनीहरुको ठगि धन्दामा बिशाल संकट हो । जसलाई उनीहरु धर्म नाश, संस्कृति नाश, भनिरहेका छन् वास्तवमा यो मानवअधिकारको रक्षा गर्दा उनीरुको ठगिधन्दा बन्द भो त के भो त ? के त्यसलाई धर्म नाश भन्न सकिन्छ ? धर्मको रक्षा त मान्छेलाई मान्छेको ब्यवहार गरेपछि हुने हो, मान्छेलाई कुकर वा जनावरभन्दा मुनि राखेर अर्कालाई हैकम लडाउने कुरालाई धर्म होइन पाप मान्नुपर्ने आजको आवश्यकता हो ।
धन्यवाद ।