खोटाङ, ऐंसेलुखर्क, बाकाचोलका विशाल पुरी हराएको सूचना : सम्पर्क गरिदिन अनुरोध

 

जेष्ठ २३ गते, मंगलबार, काठमाडौं

खोटाङ जिल्ला ऐंसेलखुर्क गाउँपालिका, वाकाचोल स्थायी घर भई हाल काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, शाँखु पालुवाबारीमा अस्थायी बसोबास गरिरहेका १६ वर्षीय विशाल पुरी केही दिन देखि हराई रहेका छन् । यहि जेष्ठ २० गते शनिबार दिउँसो १२ बजे अचानक घर छोडेर हिंडेका उनी अझैपनि परिवारको सम्पर्कमा आएका छैनन् । जेष्ठ २३ गते मंगलबारसम्म सम्पर्कमा नआएका उनको खोजी गरिदिन परिवारजनले अनुरोध गरेका कारण मिडिया मार्फत् खोजीका लागि सार्वजनिक अनुरोध गरिएको छ । साथीभाई वा इष्टमित्र कतै गएर बसका छन् भने तत्कालै सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।

कहीँ कतै फोटोमा देखिएको व्यक्ति (विशाल पुरी) पाउनु भएमा उनको आमाको मोबाइल नम्बर ९७६५५६६७५९ मा सम्पर्क गरिदिन अनुरोध छ । नजिकैको प्रहरी कार्यालयमा पनि सम्पर्क गरिदिन सक्नुहुनेछ । उनको जीउ ज्यानको जोखिम र परिवारजनमा परेको असह्य पीडालाई आफैँमा परे बराबर सम्झेर उनको खोजीका लागि सहयोग गरिदिन सबैमा हार्दिक अपिल गरिएको छ । यो सूचनालाई द्रुत गतिमा धेरै जनामा प्रवाह गरिदिन पनि अनुरोध गरिन्छ । कुनै पनि प्रकृतिका संकट तपाईँ हाम्रो जीवनमा आई पर्छन् । त्यसका लागि सबैको सहयोग प्राप्त गरेर हल गर्न सकिन्छ । यस महान् कार्यलाई पुन्य प्राप्तिको कार्यको रुपमा लिएर सहयोग गरिदिन अनुरोध छ ।
– प्रधानता मिडिया

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *