बखमुत रूसी कब्जामा गएको छैन : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताउनुभएको छ । हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भन्नुभयो, “आज उनीहरू (रूसी सेना) बखमुतमा छन् । तर बख्मुत अझै रूसको कब्जामा छैन ।” उहाँले भन्नुभयो, “म हाम्रो सेनाको सामरिक दृष्टिकोण तपाईंलाई बताउन सक्दिनँ । बखमुतमा केही रणनीतिक गल्ती भएको भए र हाम्रा जनता घेरिएको भए सबैभन्दा जटिलता आउने थियो,” उहाँले भन्नुभयो । युक्रेनले युद्धको सबैभन्दा लामो अन्तरालपछि बखमुत नगरलाई पूर्ण रूपमा कब्जा गरेको भन्ने रूसी दाबीको खण्डन गरेको छ । उपरक्षामन्त्री गन्ना मल्यारले युक्रेनी सेना ‘छेउछाउका उपनगरमा’ अघि बढिरहेको र यसले ‘शत्रुलाई बखमुतमा बस्न निकै गाह्रो हुने’ दाबी गर्नुभएको छ । युक्रेनी सेनाले नगरलाई अर्ध–घेरा हालेको बताउँदै उहाँले युक्रेनले अझै पनि आवासीय क्षेत्र र केही औद्योगिक सुविधाको नियन्त्रण कायम राखेको दावी गर्नुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *