अफगानिस्तान सङ्कटबारे संयुक्त राष्ट्रसङघका प्रमुख र राजदूतबीच वार्ता

 

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको तालिवान शासकलाई प्रभावमा पार्ने उपाय खोज्न सोमबार दोहाको कुनै (गोप्य) स्थानमा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरू भेला हुने भएका छन् । संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा ठूलो मानवीय सङ्कटका रूपमा लिएको , तालिबान प्रशासनले विद्यालय जाने बालिका र अधिकांश महिलालाई संयुक्त राष्ट्रसंघीय निकायका लागिसमेत काम गर्नबाट रोक्ने कदमले विवादलाई थप चर्चामा ल्याएको छ । सन् २०२१ को अगष्टमा सत्ता फिर्ता लिएको तालिबान सरकार करिब २५ देश र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको वार्तामा अनुपस्थित रहने कूटनीतिज्ञहरूले बताएका छन् । वार्ताअघि महिलाहरूको एउटा सानो समूहले शनिबार काबुलमा तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिएको विरोधमा प्रदर्शन गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घ र पश्चिमा शक्तिहरू यस विषयमा छलफल नहुने अडानमा छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले भन्नुभयो, “तालिबानलाई कुनै पनि प्रकारको मान्यता दिनु पूर्णतया वार्ताको टेबलभन्दा बाहिरको बिषय बनेको छ ।” तालिवान नेतृत्व सहभागीको सूचीमा नरहेको पुष्टि गर्नुका साथै संयुक्त राष्ट्रसङ्घले कतारको राजधानीमा रहेको स्थान वा गुटेर्रेससहित को को सामेल हुने भन्नेबारे कुनै जानकारी दिन अस्वीकार गरेको छ । तालिबानका शरणार्थी उपमन्त्री मोहम्मद अरसाला खरोतीले आइतबार भन्नुभयो, “यस्ता बैठकबाट कुनै परिणाम आउँदैन ।” “जबसम्म उनीहरूले तालिबान शासित अफगानिस्तान (इमिरेट्स ) सँग उचित सम्बन्ध स्थापित गर्दैनन् र इमिरेट्सको प्रतिनिधित्व हुँदैन, तबसम्म यी बैठकहरू धेरै हदसम्म सफल हुने छैनन्,” उहाँले काबुल विमानस्थलमा एएफपीसँग भन्नुभयो । दोहामा संयुक्त राष्टस«ङ्घका महासचिवले अफगानिस्तानमा अन्तराष्ट्रिय निकायको महत्वपूर्ण राहत अभियानको समीक्षाबारे पनि अद्यावधिक जानकारी दिने कार्यक्रम छ, जुन अधिकारीहरूले अफगान महिलाहरूलाई संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसँग काम गर्नबाट रोकेपछि अप्रिलमा आदेश दिइएको कूटनीतिज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घले तीन करोड ८० लाख जनसङ्ख्या भएको देशमा आफ्नो विशाल अभियानलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा ‘डरलाग्दो छनौट’ को सामना गर्नु परेको बताएको छ । युक्रेन युद्ध र अन्य विश्वव्यापी तनावका कारण विभाजित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का शक्तिहरूले बिहीबार अफगान महिला र बालिकाहरूमाथि लगाइएको प्रतिबन्धको भत्र्सना गर्न एकजुट भएका छन् र सबै देशहरूलाई नीतिहरू ‘तत्काल उल्टाउन’ आग्रह गरेका छन्। अफगानिस्तानको विदेश मन्त्रालयले उक्त आह्वानलाई अस्वीकार गर्दै प्रतिबन्ध ‘अफगानिस्तानको आन्तरिक सामाजिक मामिला’ भएको बताएको छ । स्वतन्त्र गैरसरकारी संस्था इन्टरनेसनल क्राइसिस ग्रुपका लागि संयुक्त राष्ट्रसङ्घका विज्ञ रिचर्ड गोवनले संयुक्त राष्ट्रसङ्घ ‘अफगानिस्तानको पासोमा फसेको’ बताउनुभयो । “महासचिव गुटेर्रेसले निकै जटिल गाँठो फुकाल्नुपर्छ । उहाँले अफगानिस्तानमा सहायता प्रवाहलाई रोक्नको लागि एक तरिका खोज्न आवश्यक छ, तर तालिबानले महिलाहरूमाथि प्रतिबन्ध लगाउनु संयुक्त राष्ट्रसङ्घको उक्त देशमा काम गर्ने क्षमतामा एउटा ठूलो धक्का हो । गोवनले अन्तर्राष्ट्रिय समुदायले संयुक्त राष्ट्रसङ्घले आफ्नो महत्वपूर्ण उपस्थिति कायम राखोस् भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अफगानिस्तानलाई लिएर सुरक्षा परिषद्का सदस्यराष्ट्रहरूबीच धेरै मतभेद छन् । तर रूस र चीनलगायत सबै संयुक्त राष्ट्रसङ्घ काबुलमा नहुनुभन्दा हुनु राम्रो भएको धारणामा सहमत छन् ।”

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *