श्रीलङ्काको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण हुने भएको छ । श्रीलङ्का बन्दरगाह प्राधिकरण, स्थानीय सिभिल इञ्जिनियरिङ इन्टरप्राइज र चाइना पोर्ट होल्डिङस्ले संयुक्तरूपमा व्यावासायिक केन्द्र निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । शुक्रबार गरिएको सम्झौताअनुसार कोलम्बो बन्दरगाहलाई आर्थिक गतिविधिका निम्ति आवश्यक पर्ने सबै भौतिक संरचनासहित दक्षिण एशियाकै प्रतिष्ठित एवम् प्रतिस्पर्धी बन्दरगाहका रुपमा विकास गरिनेछ । उनान्चालीस करोड २०लाख अमेरिकी डलरको उक्त परियोजना पूरा भएपछि श्रीलङ्को आर्थिक उन्नयनमा थप योगदान हुनेछ ।